टेकराज भण्डारी/बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेकाे सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा बाजा गाजा सहित हाेली कार्यक्रम गरिएको छ । विद्यार्थीहरुलाई हाेली पर्व, यसकाे महत्त्व, यसमा बजाईने बाजागाजा तथा गाईने गीतबारे जानकारी गराउने उद्देश्यले बाजा गाजा सहित हाेरी खेलिएकाे विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकारले बताउनुभयो । नेपालका प्राय: सबै ठाउँमा खेलिने हाेरीलाई मधेसी समुदायमा बिशेष महत्वका साथ लिने गरिन्छ । अहिले हाेली भनेपछि रंग, लाेला मात्रै खेलिने हाे जस्ताे भईरहेकाे बेला यसकाे वास्तविकताबारे विद्यार्थीलाई जानकारी दिईएकाे प्रधानाध्यापक स्वर्णकारकाे भनाइ छ ।
हाेलीका गीत भन्ने र बाजा बजाउने दुई जना अभिभावक विद्यालयमै पुग्नुभएकाे थियाे । विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहनु भएका अभिभावक बिरेन्द्र महताे, साबिककाे वृर्ति प्रस्टाेका गाविसका अध्यक्ष समेत रहनु भएका भुन्टु साह राैनियार तथा विद्यालयका प्रधानाध्यापक स्वर्णाकारले हाेलीका गीत तथा बाजा बजाउनु भएको थियाे ।
प्रत्यक्ष बाजा गाजा सहित हाेलीकाे रंगमा रंगीन पाउँदा विद्यार्थी निकै रमाएका थिए । बाजा गाजा सहित हाेलीका गीत सुन्न पाउँद खुसी लागेको विद्यार्थी अभिषेक पाैडेल तथा हिमानी चाैलागाईकाे भनाइ छ ।
किताबका पाठहरु विभिन्न पर्व तथा चाँडहरुका बारेमा पढाईँदै आएकाे र विद्यार्थीले प्रत्यक्ष बाजाकाे अवलोकन गरि हाेलीबारे जानकारी पाउँदा व्यवहारिक सिकाईमा सहयोग पुग्ने शिक्षक हरिशरण सुवेदीकाे भनाइ छ ।





















Discussion about this post