निजगढ डोरीतान प्रतियोगितामा वडा नम्बर ५ र ९ प्रथम

390
SHARES
513
VIEWS

बारा । बाराको निजगढ नगरपालिका डोरीतान संघद्वारा आयोजित डोरीतान नगर स्तरिय प्रतियोगितामा पुरुष टोलि निजगढ वडा नम्बर पुरुष ५ र महिला टोलि वडा नम्बर ९ प्रथम भएको छ ।
उक्त प्रतियोगिताको सम्पुर्ण व्यवस्थापन भने संघका सचीव अजय कुमरले गरेको हो । संघले निजगढ ८ गौरीशंकर माद्यामिक विद्यालयमा सो खेलको आयोजनाका थिए । निजगढ नगरपालिका वडा नम्बर ८ को आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगिता सोही विद्यालयका व्यवस्थापक अध्यक्ष रविकुमार वर्तौलाको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि मधेश प्रदेश सदस्य मिना कुमारी लामा रहेकी थिइन । सम्पन्न उक्त प्रतियोगितामा प्रथम हुने टोलिले १५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको संघका सचीव कुमरले बताएको छ । त्यस्तै दोश्रो हुने टोले भने ८ हजार नगदसहित प्रमाणपत्र मेड्ल प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित