बसन्त लामा/सिगौल । नेपाल तामाङ घेदुङ निजगढ बाराले आज चैत २ गते शुक्रबार निजगढका दुई वटा वडामा आफ्नो संगठन विस्तार गरेको छ । नेपाल तामाङ घेदुङले नगरपालिकाको वडा नम्बर ३ स्थित गुम्बा टोलमा प्रथम वडा सम्मेलन सम्पन्न भएको छ
नेपाल तामाङ घेदुङ निजगढ नगर कमिटिले तामाङ जागरण अभियान अन्तर्गत सिगौलको वडा नम्बर ३ गुम्बा टोलमा वडाको भेला आयोजना गरेको थियो ।
नेपाल तामाङ घेदुङ निजगढ कमिटिद्वारा आयोजित भेलाले निजगढ ३ मा घेदुङ वडा अध्यक्ष नकल बहादुर बल तामाङलाई सर्वसम्मत चयन गरेको छ |
त्यसतैगरी कमिटिको महिला उपाध्यक्षमा धनमाया जिम्बा पुरुष उपाध्यक्षमा तिलक बहादुर वललाई सर्वसम्मत चयन गरेका छन । त्यस्तै सचिव बिचारमान लोप्चन सहसचिवमा मेलिना जिम्बा कोषाध्यक्ष नन्दमाया बज्यु सर्वसम्मत निर्वाचित भएको हो ।
त्यस्तैगरी उक्त भेलाले सदस्यहरुमा सुर्य बहादुर ग्याबा, जनक जिम्बा, कमल जिम्बा, कर्म मोक्तान, केनाम सिं जिम्बा, जीवन योन्जन, माया गोङवा, याङरी माया पाख्रिन सर्वसमतिमा चयन भएका छन ।
सो भेला सिगौल वडा नम्बर ३ को निर्वाचित सदस्य तथा कार्यवाहक वडा अध्यक्ष जित बहादुर लोप्चनको प्रमुख अतिथिमा भएको थियो भने कार्यक्रमको अध्यता नेपाल तामाङ घेदुङ निजगढ नगर समितिका अध्यक्ष शंकर थोकरको रहेको थियो ।
नव गठित समितीलाई शुभकामना राख्दै तामाङ समुदायको हकहितको लागि वडाकार्यलय हुने सहयोग र मा आफु निरन्तर लागि रहने वडा अध्यक्ष जितबहादुर लोप्चन बताएकोछ ।
त्यस्तै अतिथिहरुमा नेपाल तामाङ घेदुङ समितिका उपाध्यक्ष सुनमाया लोप्चनय
नेपाल तामाङ घेदुङ बारा अध्यक्ष तथा निजगढ १३ का वडा अध्यक्ष सुर्य घलान, घेदुङ प्रदेश कमिटिको सदस्य संजिव लोप्चन, कार्यपालिका सदस्य फुल माया घलान, मान बहादुर ड़ासेली, वडा सदस्य बुर्गान कुमारी लामा, चनि माया बि क. संचार कर्मी वसन्त लामालगायतका उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रमामा कार्यपालिका सदस्य मान बहादुर ड़ासेली मगरले नेपाल तामाङ घेदुङ तामाङ समुदायको बिसुद्ध छाता संगठ रहेकोले राज्यबाट दमनमा परेको तामाङ समुदायलाई यस समुदायको हितमा र सिगौलमा रहेको अधिकास तामाङ समुदाय एकहुनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको संचालन मधेश प्रवाह साप्ताहिकको प्रबन्धक निर्देशक उमेश घलानले गरेको थियो । त्यस्तैगरी शुक्रबार नै निजगढ वडा नम ५ पनि वडा गठन गरेको छ । कुलबहादुर जिम्बाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा महिला चिनीमाया भोलोन, मन्जु भोलोन सचीवमा सिताकुमारी भोलोन, सहसचिव नारायण बहादुर बल । त्यस्तैगरि समितिको सदस्यहरुमा फुलमाया वाईवा, सन्त बहादुर बल, सेतीमाया गोले,दिपक बज्यु, कृष्णबहादुर गोले, विरबहादुर गोले तामाङ, रामबहादुर घिसिङ र सेते बल रहेका थिए । कार्यक्रम नेपाल तामाङ घेदुङ निजगढ नगर उपाध्यक्ष सन्तबहादुर भोलोनको अध्यक्षतामा भएको कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुर्य बहादुर थापा मगरको प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा नेपाल तामाङ घेदुङ तथा निजगढ वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलान, नेपाल तामाङ्ग घेदुङ्ग बारा सचीव हिरा दोङ, ५ नम्बर वडा सदस्य योगमाया अधिकारी, बेनि बहादुर खड्कालगायतका सहभागीता रहेका थिए ।






















Discussion about this post