सिङ्गौल बारा । नेपाल तामाङ घेदुङ निजगढ नगरपालिका–१ र २ को प्रथम वडा सम्मेलन सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ निजगढ नगर कमिटीले तामाङ जागरण अभियान अन्तर्गत सो वडा गठनको भेला आयोजना गरेको हो । नेपाल तामाङ घेदुङ निजगढ कमिटीद्वारा आयोजित भेलाले निजगढ १ मा घेदुङ वडा अध्यक्ष विनोद ग्याबालाई सर्वसम्मत चयन गरेको हो ।
कमिटिको उपाध्यक्षमा निर्मला घिसिङ, पदमबहादुर वाईबा रहेका छन । त्यस्तै सचीवमा राकेश जिम्बा, सहसचिवमा जितेन्द्र ङ्यासुर, कोषाध्यक्ष डिल्ली सिं सर्वसम्मत निर्वाचित भएका छन । त्यस्तैगरी सदस्यहरुमा बुद्धिमान घिसिङ, लालबहादुर लोप्चन, बाबुलाल वाईबा, एकबहादुर भोलोन, विरबहादुर थिङ, बुद्धिमाया मोक्तान, पदमकुमारी लोप्चन सर्वसहमतिमा चयन भएका छन् ।
त्यस्तै नेपाल तामाङ घेदुङ निजगढ नगर अध्यक्ष शंकर थोकरको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि भने नेपाल तामाङ घेदुङ मधेश प्रदेश समितिका सदस्य संजिव लोप्चनको रहेका थिए । त्यस्तै कार्यक्रममा प्रमुख अतिथि संजिव लोप्चन, निजगढ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन, वारा जिल्ला समन्वय समितिका अध्यक्ष एवम निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलान, निजगढ नगरपालिकाकी कार्यापालिका सदस्य फुलमाया तामाङ, टासी छ्योइलिङ गुम्बाका लामा गुरु चन्द्र घिसिङ, समाजसेवी बुद्ध लोप्चन, बहादुर सिं मोक्तान, विवेक वाईबालगायतले तामाङ्गको बारेमा महत्त्वपूर्ण मन्तव्य र शुभकामना राखेका थिए । त्यस्तै गरि निजगढ नगरपालिका वडा नम्बर २ स्थित सभाहलमा २ नम्बर वडा कमिटी पनि गठन भएको छ । विहिबार भएको सो भेलाले चक्र बहादुर लो तामाङ्गको अध्यतामा १३ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा निर माया तामाङ र झलकलाल तामाङ चयन भएका हुन । त्यस्तै कमिटीका सचिव जमुना माया थिंङ, सहसचिव विजय तामाङ, कोषाध्यक्ष सन्च माया वाइवा रहेका छन । वडा नम्बर दुईमा भएको भेलाले सदस्यहरूमा श्याम बहादुर घिसिङ, फुलमाया लोप्चन, सानु माया गोले, पदमबहादुर घिसिङ, जिरी माया स्याङतानलगायतका कार्यसमितिहरु सर्वसहमत चयन भएका छन् |
नेपाल तामाङ घेदुङ नगर अध्यक्ष शंकर थोकरको सभा अध्यक्षतामा भएको सो भेला निजगढ नगरपालिका वडा नम्बर २ का कार्यबाहक अध्यक्ष पुष्कर खड्काले प्रमुख अतिथिको ग्रहण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि पुष्कर खडकाले नव गठित समितीलाई शुभकामना राख्दै तामाङ समुदायको हकहित को लागि वडाकार्यालयबाट हुने सहयोग गर्न सक्किने बताएको छ । त्यस्तै
नेपाल तामाङ घेदुङ वारा अध्यक्ष तथा निजगढ १३ का वडा अध्यक्ष सुर्य घलानले नेपाल तामाङ्ग धेदुङ्ग कुनै पार्टी विशेष नरहे बताए । घलानले घेदुङ तामाङ जातिको हकहितको सरक्षणको लागि एकता गर्ने सगठन रहेकोले बारा जिल्लामा रहेको अधिकांस तामाङ एकता हुनु पर्ने आवस्यक रहेको बताएको छ । कार्यक्रमको बिशिष्ट अतिथिंमा वडा नम्बर १ को मंगल लोप्चन, संजीव लोप्चन, कार्यपालिका शदश्य फुल माया घलान, नेपाल तामाङ घेदुङ जिल्ला अध्यक्ष सुर्य घलानलगायतले शुभकामना दिएका थिए । त्यस्तै भेलामा संचारकर्मी हरु देखि वडा नम्बर दुईका तामाङ समुदाय लगायत गैर तामाङहरुको पनि उपस्थिति रहेको थियो ।
नेपाल तामाङ घेदुङ नगर कमिटिको सदस्य उमेश घलानले स्वागत मन्तव्य गरेका कार्यक्रममा सचिव कुमार मोक्ताले संचालन गरेका थिए । त्यस्तैगरी चैत्र २ गते शुक्रबार निजगढ नगरपालिका वडा नम्बर ३ र ५ मा नेपाल तामाङ घेदुङ वडा भेला ३ नम्बर वडामा विहान ७ बजे र दिनको १ बजे वडा नम्बर ५ को वडा गठन रहेको नेपाल तामाङ घेदुङ निजगढ नगर समितिले जनाएको छ । साथै घेदुङ नगर समितिले त्यस भेलामा सम्पुर्ण तामाङ समुदाय सहभागी भैइदिन हुन आव्हान समेत गरेको छ ।






















Discussion about this post