सिङ्गौलका बनस्थली हाटबजारमा १६ कोठे ट्रस निर्माण शुरु

403
SHARES
530
VIEWS

बसन्त लामा/सिंगौल । बाराको निजगढ नगरपालिका १ सिङ्गौल बनसथली स्थित हाटबजारकोलागी १६ कोठे ट्रस निर्माण शुरु भएकोछ ।
चालुआर्थिक वर्ष चालू आर्थिक वर्ष २०८०/८१ को निजगढ नगरपालिकाको वडा नम्बर १ को विनियोजित बजेटबाट उक्त ट्रस निर्माण कार्य थालनी भएको हो ।

वडा कार्यालय ले ९ लाख बिनियोजन गरेको बजेटले स्थानीय हस्त बहादुर ब्लोन निर्माण समितिको अध्यक्षतामा उपभिक्ता गठनगरी १६ कोठे ट्रस निर्माण हुदै छ ।
वडा नम्बर १ ले लाखौ रुपैयाँ खर्चे ट्रस निर्माण गर्दै गर्दा हाट बजार भित्रको रुख हटाउने तर्फ भने वडा कार्यालय नगरपालिकाले चासो देखाएको छैन ।
हावा हुरी आउने बेला हाट बजारमा किनमेल गर्न आउने ग्राहकहरुलाई रुखको हाँगा भाँचिने जोखिम बढेको छ ।
किनमेल गर्न आउने स्थानीय लगाएत बाहिरबाट मानिसहरू र बजारमा व्यवसाय गर्ने व्यक्ति समेत जोखिममा व्यवसाय गर्न बाध्य छन ।
सिगौल वडा नम्बर १ मा बनस्थली हाट बजार स्थापना भए को बर्षौ भैइ सक्दा पनि बजारको हाताभित्र रहेको रुख हटाउनुको लागि जनप्रतिनिधि नेता समाजसेवी र स्थानीय सरकार कोहि कसैले यसप्रति चासो दिएको देखिदैन |
बनस्थली हाट बजारको हाता भित्र एउटा कर्मा र २ ओटा सास प्रजातिको रुख रहेको छ । कर्माको रुख भने कुन बेलाबढल्ने र मानव क्षति कतिखेर पुर्‍याउने हो भनि बजारमा आउने गर्ने स्थानीय समेत त्रसित रहेका छन ।
मानव क्षति हुनु सक्ने रुखलाई व्यवस्थापन गर्न पाउने कानुनी प्रबधान हुदा पनि सम्बन्धित निकाय मैन छन ।
बजार भित्र रहेको रुख हटाउनु अति आवश्यक रहेको र सम्बन्धित निकायको ध्यानजानु जरुरी रहेको स्थानीय हाल ट्रस निर्माण समितिको अध्यक्ष हस्तबहादुर ब्लोनले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित