निजगढ । बाराका समिर तामाङ र अजय चौधरी प्रथम पटक नेपाली राष्ट्रिय फुटबल टोलीमा समावेश भएका छन् ।
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले मंगलबार घोषणा गरेको टोलिमा समिर र अजय परेका हुन् ।
विश्वकप छनोटको तयारीमा रहेको नेपाली टोलीले मार्च १५ मा मलेसियाबिरुद्ध मैत्रीपुर्ण खेल्ने तालिका छ । समिर र अजयले यसअघि नेपालको यू २० र नेपालको युथ टिमबाट खेलिसकेका छन् ।
काठमाडौंको दशरथ रंगशालामा सन् २०२३ मा सम्पन्न अन्डर १९ साफ च्याम्पियनसिपमा समिरले सर्वाधिक ३ गोल गरेका थिए ।
गत माघ २७ गते चिनिया नयाँ वर्षको अवसरमा दशरथ रंगशालामा चीनको प्रान्तीय टोलीबिरुद्ध पनि नेपाली युथ टिमको तर्फबाट समिरले २ गोल गरेका थिए ।
मोफसलका गोल्डकप र बिभिन्न फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका समिर बाराका निजगढवासी खेलाडी हुन् । त्यसैले निजगढका समाजसेवी लगायत धेरै व्यक्तिहरुले समिरलाई सामाजिक संजालभरी वधाईको ओइरो पोष्ट गरेका छन ।






















Discussion about this post