कार्यापालिका विकको पहलमा निजगढ ५ स्थित १०२ मिटर नाला निर्माण सम्पन्न

568
SHARES
747
VIEWS

बारा । बाराको निजगढ  नगरपालिका वडा नम्बर ५ स्थित नमुना चोक उत्तरटोलमा १०२ मिटर नाला निर्माण सम्पन्न भएको छ।
वडा ५ डिल्ली प्रसादको घर देखि यज्ञबहादुर चौलागाईंको घर सम्म नाला निर्माण कार्यको जिम्मा पाएको नमुना चोक नाला निर्माण उपभोक्त समितिले नगरपालिकासंग सम्झौता गरेको थियो ।
नगरपालिकाको विनियोजित ५ लाखको आयोजनामा सो नाला निर्माण भएक थिए ।

निजगढ नगर कार्यापालिकाकी कार्यापालिका सदस्य शर्मिला विकको विशेष पहलमा उक्त नाला निर्माण सम्पन्न भएको हो। १ लाख बराबरको श्रमदानसहित नगरपालिका संग उपभोक्तबीच सम्झौता भएको हो थियो ।
निर्माण सम्पन्न सँगै नमुना चोक उत्तर टोला क्षेत्रको विकासले गति लिएको छ । आयोजना परियोजना कार्यान्वयन इकाई मार्फत नाला निर्माणको काम समयमै सम्पन्न भएको छ । सम्झौता अनुसार कार्यालयबाट स्वीकृत रकम ५ लाख, उपभोक्त जनश्रमदान रकम १ लाख,  कुल लागत रकम  ५ लाख, कार्यदेश दिएको क्रम : ४ लाख गत महिना माघ २५ गते भएको सम्झौतामा योजना सम्पन्न गर्ने मिति : २०८१/०१/०५ गते रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित