बालबालिकाको जन्मदर्ता गर्न राष्ट्रिय परियच पत्र नम्बर अनिवार्य सर्वसाधारणलाई सास्ती

395
SHARES
520
VIEWS

बारा । बालबालिकाको जन्मदर्ता प्रमाण पत्र जारी गर्दा स्थानीय निकायले अनिवार्यरुपमा राष्ट्रिय परिचय पत्र नम्बर उल्लेख गर्नुपर्ने भएको छ। राष्ट्रिय परिय पत्र तथा पञ्जिकरण विभागले आइतबार स्थानीय निकायहरुलाई नेपाल नागरिकको १६ वर्ष मुनिका सन्तानको जन्मदर्ता गर्दा राष्ट्रिय परिचय पत्र नम्बर सहितको जन्मदर्ता प्रमाण पत्र उपलब्ध गराउन निर्देशन जारी गरेको हो ।

विभागले जारी गरेको निर्देशनमा जन्मदर्ताको संशोधन प्रतिलिपि जारी गर्दा समेत प्रमाण पत्रमा राष्ट्रिय परिचय पत्र नम्बर उल्लेख गर्न निर्देशन दिइएको छ। यसैगरी प्राविधिक कारणले जन्मदर्ता प्रमाण पत्र जारी गर्ने समयमा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न समस्या भएको अवस्थामा परिचय पत्र नम्बर प्राप्त भएपछि मात्र जन्मदर्ता प्रमाण पत्र उपलब्ध गराउन समेत विभागले अनुरोध गरेको छ।
नयाँ प्रावधानसँगै १६ वर्ष मुनिको सन्तानले जन्मदर्ता प्रमाण पत्रसँगै पाएको राष्ट्रिय परिचय पत्र नम्बरको आधारमा नै १६ वर्ष पुरा भएपछि नागरिक परिचय पत्र जारी गरिनेछ। जन्म दर्ताका लागि परिचय पत्र नम्बर अनिवार्य हुने भएकाले छोटो समयको बिदा मिलाएर बालबालिकाको जन्मस्थलमा जन्मदर्ता प्रमाण पत्रका लागि जाने कामकाजी अभिभावकलाई सरकारी डाटा सर्भरमा कुनै प्राविधिक समस्या आई दिएको अवस्थामा अनावश्यक झन्झट र ग्रामीण क्षेत्रका अभिभावकको सास्ती हुने जोखिम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित