बारा । पुर्व–पश्चिम राजमार्गमा पर्ने बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित ३ नम्बर पुलमा मंगलबार दिउँसो यात्रुबहाक बस दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन् । ना ६ ख ९०३० नम्बरको बस ३ नम्बर पुलबाट खोलामा खसेर दुर्घटना हुँदा यात्रुहरू घाइते भएका मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।धनगढीबाट विराटनगरको लागि छुटेको बस दुर्घटना हुँदा घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा ल्याइएको भण्डारीले बताए। प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, घाइतेमध्ये १२ महिला, ३ पुरुष र २ जना बालबालिकाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको नाम नखुलेको र घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






















Discussion about this post