रौतहट/इशनाथ । रौतहटको इशनाथ नगरपालिकाको बन्जरहाबाट श्रोत नखुलेको १० लाख नेपाली नोट सहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा, विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी कार्यालय बन्जरहाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमवार साँझ ५.५० बजेको समयमा इशनाथ नपा १ स्थित भित्री सडकमा प्र ३–०१–०२३–च ५३८५ नम्वरको ब्रेजा गाडीलाई रोकेर चेकजाँच गर्दा उक्त श्रोत नखुलेको नेपाली नोट सहित दुई जनालाई पक्राउ गरिएका हो ।
गाडी चालकमकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्वर १४ का मानबहादुर मोक्तानको २९ बर्षिया छोरी रामरती मोक्तान र मनहरी गाउँपालिका वडा नम्वर १ का वीरबहादुर थिङ्गका ३५ बर्षिय देवराज थिङ्गलाई श्रोत नखुलेको १० लाख सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताइन् ।
गाडीको पछाडी बसेका देवराज थिङ्गले बोकेका कालो रङ्गको झोलालाई चेकजाँच गर्दा १० लाख बरामद हुँदा उक्त रकमको श्रोत बारे सोधपुछ गर्दा केही बताउन नसकेपछि आवश्यक कारवाहीका लागि गाडी सहित दुबै जनालाई गौर भन्सार कार्यालयलाई मंगलवार जिम्मा लगाइएको डिएसपी गिरीले बताईन् ।






















Discussion about this post