बारा । नयाँ गठबन्धन बनेसंगै सरकारमा पार्टीको तर्फबाट नेतृत्वको लागी नेकपा एमालेभित्र बहस शुरु भएको छ ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकारमा पार्टीको नेतृत्व गर्ने चर्चा चलीरहेको अबस्थामा बाराबाट को-को मन्त्री बन्ने भन्ने चर्चा पनि शुरु भएको छ । नेकपा एमालेले कति र कुन-कुन मन्त्रालय पाउने भन्नेपनि टुँगो लागि नसकेपनि कसकसलाई मन्त्री बनाउने भनेर राम्रा मान्छेको खोजी शुरु भएको हो ।
त्यसको लागि नयाँ गठबन्धनमा सम्मलित चार दलका चार नेता सम्मलित कार्यदलको कुन पार्टीले कुन कुन कति मन्त्रालय लिने भन्ने बैठकले टुँगो लगाउने भनिएको छ ।
बाराको चर्चा गर्ने हो भने बारामा तीन जना मन्त्री बन्ने प्रबल सम्भावना देखिएको छ । सादगी जीवनको परिचय बनाउनु भएका र सधै पार्टीमा सकृय बारा क्षेत्र नम्बर १ का सभासद अच्युतप्रसाद मैनाली पनि हुन ।
नेकपा एमालेका पोलिटव्यूरो सदस्य समेत रहेका मैनाली हेवी वैटका कांग्रेस सहमहामन्त्री पुर्ब मन्त्री उमाकान्त चौधरीलाई पाखा लगाएर आएका सादा जीवनका कानुनका बिद्यिार्थि र सधै पार्टी अध्यक्ष केपी ओलीको नजिक रहेर काम गरेका नेता भएकाले पार्टीले नयाँ सक्षम नेता छान्दा मैनाली अगाडि आउने छन ।
राजनीतिक आन्दोलनकै क्रममा पटक–पटक गरेर दुई वर्ष बढी जेल जीवन बिताएका मैनाली २०७४ मा प्रधानमन्त्री केपी शर्मा ओली सरकारको जनसम्पर्क सल्लाहकार समेत भई काम गरेका थिए ।
एमालेमा मधेशबाट प्रत्यक्ष निर्वाचन जित्ने महिला नेताहरुमा दुई जना मात्र रहेकोले बारा ३ बाट चुनाव जितेकी ज्वाला कुमारी साह पनि अब बन्ने मन्त्री परिषदमा मन्त्री बन्ने चर्चामा छिन । ज्वाला यसअघि गत वर्ष पुस १० मा बनेको सरकारमा केही समयका लागि कृषि मन्त्री बनेकी थिईन । ज्वाला पनि एमाले अध्यक्ष केपी शर्मा ओली निकटका नेतृ हुन ।
त्यस्तै बारा निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी बनेका उपेन्द्र यादव सरकारमा सहभागी हुने पार्टीले निर्णय गरी सकेको छ । उपप्रधान सहित शक्तीशाली मन्त्रालय लिएर यादव आफै जसपा पार्टीको नेतृत्व गर्दै मन्त्री बन्ने निश्चीत रहेको छ ।
Discussion about this post