निजगढ बारा । लायन्स क्लब अफ निजगढ सिटीद्वारा विद्यार्थिलाई शैक्षिक सामग्री र व्याक वितरण गरेको छ । लायन्स क्लव अफ निजगढ सिटीको आयोजनामा लायन्स क्लव अफ केटिम टांसी डेलेकको सहयोगमा ब्याग तथा स्टेसनरी सामग्री वितरण गरेको हो । बाराको निजगढ वडा नम्बर ५
खोल्माटोलमा रहेको श्री जनजागृति आधारभुत विद्यालयका ९५ जना छात्र छात्राहरुलाई सो क्लबद्वारा उक्त सामग्री हस्तान्तरण गरिएको हो । शैक्षिक सामग्री र व्यक वितरण कार्यक्रमका सभाध्यक्ष लायन्स क्लव अफ निजगढ सिटीका भाईस प्रेसीडेन्ट दिलिप कुमार यादवको रहेको थियो । निजगढ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुर्य बहादुर थापा मगरले सो कार्यक्रमको प्रमुख अतिथिको असन गरेका थिए ।
कार्यक्रमको विशिष्ट अतिथिमा भने डिस्ट्रटिक ३२५ H का एड्भाईजर महेस न्यौपाने, लायन्स क्लव अफ KTM टांसिक डेलेकका मेम्बर एरिया कोर्डिनेटर सुनिता श्रेष्ठ छिरिङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलाप्रसाद ढुंगाना (साजन), विद्यालयका प्रधानाध्यापक सिव नेपाल रहेका थिए । सो कार्यक्रममा विद्यालयका शिक्षाक शिक्षिका अभिभावकहरु , लायन्स पदाधिकारी लगायतका सहभागिता रहेको थियो । सहभागीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलाप्रसाद ढंगाना (साजन)ले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन पुर्व जोन पर्सन खड्ग प्रसाद उप्रेतीलेको रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष मगरले सहयोगी हातलाई धन्यवाद दिएका थिए । यसै विद्यालयमा विपन्न, गरिव, दलित र जनजाती विद्यार्थिहरुको संख्या उच्च रहेका हुनाले यस वितरणले धेरै राहत पुग्ने वडा अध्यक्ष मगरले वताएका थिए ।






















Discussion about this post