उमेश घलान/निजगढ । बाराको निजगढ स्थित पुर्व पश्चिम राजमार्ग सहिद चोकमा देशका ठुला घटनामा ज्यान गएकाहरुको आत्मा शन्तीको निम्ति राष्ट्रिय स्वतन्त्र पार्टी निजगढले दिपप्रज्वलन गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी निजगढ नगर सभापति रामहरी खरेलको नेतृत्वमा आइतबार साँझ ६ बजे निजगढको मुख्य बजारमा रहेको सहिद चौकमा दिप प्रज्वलन कार्यक्रम गरेको हो । निजगढ-७ स्थित रोहित वर्कसप संचालक ४५ बर्षिय रेशम जर्गा मगरको गत हाप्त फागुन १४ गते सोमबार ग्यारेज तथा कारखाना वर्कसपमा शक्तिशाली बम विस्फोटमापरी विरगंजको वायोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । त्यस्तैगरी सो घटनामा अन्य दुई जना भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ९ का १८ वर्षिय रिपु रजक धोबीको ज्यान गएका थिए । त्यस्तै गोरखाकी १३ वर्षीया बालिका शलिन पोखरेलको चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला तथा आफ्नै विद्यालयको होस्टेलमा ज्यान गुमाउनु परेकी थिइन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले उनको हत्याको कारण ‘ह्याङ्गिङ’ देखिएको खुलाएको हो । शलिनको पोस्टमार्टम रिपोर्ट अस्पतालले चितवन प्रहरीलाई पठाई सकेको छ । सोही पोस्टमार्टम रिपोर्टअनुसार शलिनको मृत्यु ‘ह्याङ्गिङ’ कै कारणले भएको देखिएको उच्च प्रहरी स्रोतले जनाएको छ । त्यो बाहेक शालिनको बलात्कार भने पुष्टि हुन नसकेको उल्लेख छ ।
शिशु निकेतनमा कक्षा ८ मा अध्ययनरत छात्रा शलीन फागुन १२ गते होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनको परिवारले भने शलिनको बलात्कार पछि हत्या गरिएको भन्दै निष्पक्ष छानबिनका लागि विभिन्न ठाउँमार्फत् दबाब सृर्जना गरिरहेका छन् ।
परिवारकै उजुरीको आधारमा प्रहरीले स्कुलका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र वार्डेनलाई पक्राउ गरेको थियो । त्यसैगरी बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको पाँच वर्ष आठ महिना पूरा भएको छ । पाँच वर्ष सम्म प्रहरीले घटनाको सत्य तथ्य पत्ता लगाउन भने सकेको छैन । यो बीचमा घटनाको अनुसन्धानका लागि थुप्रै प्रहरी टोली महेन्द्रनगर गए पनि अपराधीसम्म पुग्न सकेको छैन।
घटनाको अनुसन्धानका लागि अहिलेपनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली र सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ । घटनाको दोषी पत्ता लगाउन प्रहरीले अहिलेसम्म १२३ जना भन्द बढिको डीएनए परीक्षण गरिसकेको छ । तर अपराधी भने पत्ता गागेको छैन । यस्तै ठुला घटनाहरुमा सरकारको ध्यानाकर्षण समेत राष्ट्रिय स्वतन्त्र पार्टीले गराएको हो । कार्यक्रममा निजगढका विभिन्न संघ संस्था र विभिन्न राजनीतिक पार्टी नेतृत्वमा आवद्ध समाजसेवी लगायतले समेत दिपप्रज्वलन गरेका थिए ।




















Discussion about this post