उमेश घलान/रौतहट । रौतहटको वन क्षेत्रबाट अबैध रुपमा मसलाको काठ ट्रेक्टरमा लोड गरेर चोरी निकासी गरिरहेको अवस्थामा रौतहट प्रहरी नियन्त्रणमा लिएको छ । प्रहरीले उक्त काठ र ट्रेक्टर आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय चन्द्रपुरको जिम्मा लगाएका हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटले शनिवार साँझ जारी गरेको प्रेस नोटमा गोप्य सुचनाको आधारमा मातहतका प्रहरी कार्यालयबाट परिचालन गरिएको नियमित गस्ती पट्रोलिङ एवं चेकजाँचको क्रममा आज शनिबार विहान ९ बजेको समयमा गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत चन्द्रपुर नगरपालिका वडा नम्बर ९ बाट उक्त मसलाको काठ लोड भएका ट्रेक्टरलाई नियन्त्रणमा लिएका हुन । प्रेस नोटमा उल्लेख छ ।
सन्तपुरबाट डुमरिया तर्फ जादै गरेको ना ५ त ९०६४ नम्वरको ट्रेक्टर चालक प्रहरी टोलीलाई देख्ना साथ फरार भएको पछि उक्त ट्रेक्टरको चेकजाँच गर्दा ना ५ त ९०६४ नम्बर लेखिएको ट्रेक्टरको ईन्जिनमा जोडिएको ना ६ त ९३५ नम्बरको टेलरमा बन जंगलबाट चोरी गरी ल्याएको मसलाको काठ दाउरा लोड रहेको बताइएको छ ।
उक्त ट्रेक्टर स्थानिय मानिसहरुको रोहवरमा चेकजाँज गर्दा ५० हजार बराबरको मसला जातको काठ फेला परेको हुँदा उक्त काठ र ट्रेक्टरलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रपुरको जिम्मामा लगाउदै फरार भएका चालक लगायत संलग्न अन्य मानिसहरुको पहिचान गरी खोजतलास समेत भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रेषित भएको प्रेस नोटमा उल्लेख गरिएको छ । त्यस्तै डिभिजन वन कार्यालय चन्द्रपुरले चोरी निकासीको उद्देश्यले जुन वन क्षेत्रमा क्रियाकलाप गरेको छ उक्त व्यक्तिहरुको खोजतलासको लागि जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरेको वन अधिकृत शैलेन्द्र कुमार मिश्रले मधेश प्रवाहलाई जानकारी दिएका छन ।






















Discussion about this post