बारा । बारा प्रहरीले अवैध लागुऔषध गाँजासहित तीन जना पक्राउ गरेको छ जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ स्थित गंगानगरमा १५ किलो अवैध लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।मंगलवार राती १० बजेको समयमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको टोलीले सो परिमाणको गाँजा र व्यक्ति प्रकाउ गरेका हुन ।
सिम्रौनगढ नगरपालिका वडा नं. ४ गंगानगर गाउँ नजकिको बाटोमा बारागढीबाट भारततर्फ जाँदै गरेको ना ३८ प १४११ नं.को मोटर साइकल सवार ब्यक्ति माथी शंका लागेर रोकी चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । लागु औषध सहित पक्राउ पर्नेमा जिल्ला बाराका आदर्श कोतवाल गाँउपालिका वडा नम्बर ३ बतरा बस्ने अन्दाजी २७ वर्षीय सरोज कुमार गिरी, जिल्ला रौतहट, फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ३ मेवा बस्ने ५० वर्षीय रामानन्द साह र सोही गाउँ बस्ने ४५ वर्षीय चुलाई महरा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ परेका ब्यक्ति उपर लागु औषध मुद्दा दर्ता गरी सम्मानित बारा जिल्ला अदालत, कलैयाबाट ३ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको बाराका प्रहरी प्रवक्ता डीएसपी दधीराम न्यौपानेले जानकारी दिएको छ ।






















Discussion about this post