बसन्त लमा/मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ का वडा सदस्यको निधन भएको छ । वडा सदस्य रामकुमार तितुङको असहमाहिक निधनमा गाउँपालिकाले बिहीबार एक दिन शोक विदा दिने निर्णय गरेको हो । वुधवारको बैठक अनुसार एक सूचना मार्फत उक्त गाउँपालिकाले अध्यक्ष स्तरको विदा सूचना जारी गरेको छ । उक्त सूचनामा उल्लेख छ “प्रस्तुत विषयमा यस बकैया गाउँपालिका बडा नं. ७ बाट निर्वाचित वडा सदस्य श्री रामकुमार तितुङको असहमाहिक निधन भएको हुदाँ गाउँपालिका स्थित सम्पुर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरुमा मिति २०८०/११/१७ गते बिहीबार शोक विदा दिइएको व्यहोरा बकैया गाउँ कार्यपालिकाको कार्यालयको मिति २०८०/११/१६ गतेको निर्णय अनुसार (अध्यक्ष स्तरको) अनुरोध छ ।” भनी उल्लेख गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा हस्ताक्षरीत जारी सूचनामा गाउँपालिकाका सम्पुर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरुमा बिहीबार शोक विदा दिइएको उल्लेख छ । मंगलबार दिउँसो १ः३० बजे वडा सदस्य राम कुमार तितुङलाई आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा एक्कासी बिजुलीको पोल ढलेर लागेको थियो ।
पोलले लागेर गम्भीर भएका तितुङलाई उपचारको लागि हेटौंडाको चुरेहिल अस्पताल पठाएका थिए ।
सदस्य तितुङको चुरेहिल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरेका थिए ।
उनी गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट बकैया-७ को वडा सदस्यमा निर्वाचित भएका थिए ।
उनी एमाले बकैया गाउँपालिका कमिटी सदस्य तथा बकैया-७ को पार्टी वडा सचिवसमेत रहेका थिए ।
Discussion about this post