बसन्त लामा/बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर ७ स्थित रोहित वर्कशप (लेथ) मा शंकास्पद बस्तु विस्फोट भएको छ । सोमबार करिब ११ः३० बजे भएको विस्फोटमा परी ५ जना गम्भीर घाइते भएका छन् ।
निजगढ नगरपालिका ७ का रेशम दर्लामी मगरले संचालन गरेको रोहित वर्कसपमा काम गर्दै गरेको अवस्थामा शंकास्पद वस्तुलाई ग्यासको माध्यमबाट काट्न खोज्दा एक्कासि विस्फोट भएको प्रहरी निरिक्षक घनश्याम श्रेष्ठले बताएका छन ।
विस्फोटबाट ५ जनाकै अवस्था गम्भीर रहेको छ जसमा निजगढ नगरपालिका ७ बस्ने वर्कशप संचालक ४२ वर्षीय रेशम बहादुर दर्लामी मगर, भारत विहार घर भइ सो वर्कशपमा कार्यरत २० वर्षीय अरविन शाह, ३५ वर्षीय राकेश जैसवाल र ठेगाना नखुलेको २० वर्षीय रितु रजत रहेका छन् । निजगढ नगरपालिका ५ बस्ने ४५ वर्षीय सुर्यबहादुर थापाको अवस्था भने सामान्य रहेका छ ।
घाईते ५ जनाको अवस्था गम्भीर रहेको हुँदा विरंगज स्थित बयोध्या अस्पतालमा लगिएको छ । १ जनाको सामुदायिक अस्पताल निजगढमै उपचार भइरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
Discussion about this post