शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न खोप आवश्यक : निजगढ नगरप्रमुख पुरी

391
SHARES
514
VIEWS

 

उमेश घलान /बारा । निजगढ नगरपालिकाका नगर प्रमुख पुरीले खोपको प्रयोगबाट शरीरको प्रतिरोधी क्षमता वृद्धि हुनेभएकोले स्वस्थ र निरोगी जीवनको लागि खोप लगाउन जरुरी भएको बताएको छ । दादुरा रुबेला खोप अभियान २०८०/०८१ अन्तर्गत आइतवार निजगढ नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको ‘स्थानीय तह स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम’ मा बोल्दै नगर प्रमुख पुरीले सो कुरा बताएको हो । पुरीले रोग प्रतिरोधी क्षमता बढी भएकाहरुमा रोग लाग्ने दर कम हुने कुरा अनुसन्धानबाट प्रमाणित भएको बताउदै स्वस्थ्य नागरिक उत्पादन गरेर सम्वृद्ध समाज निर्माणको लागि पनि अभियानको महत्व रहेको बताए । साथै पुरीले अभियान सफल पार्न सबैको सहयोग जरुरी भएको पनि बताएको छ ।
निजगढ नगरपालिकाले आगामी फाल्गुन २० गतेबाट दादुरा ( रुबेला खोपको ५ दिने अभियान सञ्चालन गर्न लागेको हो । अभियानका क्रममा ९ महिनादेखि १५ वर्ष उमेर समुहका बालबालिकाहरूलाई अनिवार्य रुपमा दादुरा ( रुबेला खोप लगाइने निजगढ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रमेश लामाले कार्यक्रममा जानकारी दिएको छ । लामाले अभियान अन्तर्गत नियमित प्रकृयामा खोप लगाउन छुटेका र लगाएका सबै बालवालिकालाई खोप लगाइने बताएका थिए । खोप अभियान अन्तर्गत नगरका करिब १३ हजार ३ सय ९ बालवालिकालाई खोप लगाइने जनाइएको छ । शाखा प्रमुख लामाले सामुदायिक र संस्थागत विद्यालयसहित स्वास्थ्य संस्थाहरुमा खोप केन्द्र संचालन गरेर नगरका सबै बालबालिकालाई खोप लगाइने जानकारी समेत दिए । यसको लागि लक्षित समूहका बालबालिकालाई खोपमा सामेल गर्न नगरका सबै घरमा निम्ता पत्रसमेत पठाइने बताएको छ । अभियानमा २६ जना स्वास्थ्यकर्मी, २७ जना महिला स्वास्थ्य स्वंमसेविका र ३९ जना स्वंमसेवक र विद्यालयका शिक्षकहरुसमेत गरी करिव १ सय जनालाई परिचालन गरिने लामाले जानकारी दिएको छ ।
निजगढ नगरपालिकाका नगर प्रमुख पुरीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र निजगढका चिकित्सक प्रिन्स तिवारी र नगरपालिका स्वास्थ्य शाखाका उपप्रमुख मणिश्वर घिमिरे अभियानको बारेमा जानकारी दिएका थिएव।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित