उमेश घलान/बारा । बाराको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालद्वारा नि:शुल्क आँखा शिविर संचालन गर्ने भएको छ । अस्पतालले यहि फागुन मंगलबार २०,२१ र २२ गतेका दिन निजगढ स्वास्थ केन्द्रमा निशुल्क ॲाखा शिविरको अयोजना गरिएको हो । निजगढ तिलगंगा समुदायीक आँखा अस्पतलको आयोजना तथा तिलगंगा आँखा अस्पताल काठमाडौंको डाक्टरद्वारा नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया सहितको आँखा शिविर हुने छ । सो कार्यक्रममा आँखामा लाग्ने रोग “मोतियाविन्दु”को छनौट गरी नि:शुल्क शल्यक्रिया गर्ने तथा आँखाका रोगिहरुलाई नि:शुल्क औषधी समेत वितरण गर्ने भएको छ । शिविरमा ३,००० जनाको निशुल्क आँखा जाच तथा ५०० जनाको निशुल्क अप्रेशन गरिने योजना रहेको अस्पतालले जनाएको छ । भने शिविर भने बिहान ८:३० बजेबाट सुरु हुने तिलगंगा सामुदायिक आँखा अस्पतालले जनाएको छ ।






















Discussion about this post