बाराका शिक्षाक लामा उत्कृष्ट शिक्षाकमा भए सम्मानित

461
SHARES
607
VIEWS

बारा । बाराका शिक्षाक जनक लामा उत्कृष्ट शिक्षाकमा सम्मानित भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ चिप्लेटी स्थित विश्वज्योती आधारभुत विद्यालयका शिक्षाक लामालाई उत्कृष्ट शिक्षाकको रुपमा सम्मान गरेको हो । निजगढ नगरपालिका वडा नम्बर १३ निवासी लामा गत वर्ष देखि उक्त विद्यालयमा शिक्षण पेशामा आबद्ध रहेका थिए । सो महोत्सवको नारा थियो “वडा बासिको एउटै नारा शैक्षिक बिकासमा लागौ सारा” वडा शिक्षा समितीको आयोजनामा सञ्चालन भएको ३ दिने वडा स्तरिय बृहत शैक्षिक महोत्सवमा सो विद्यालयकी सहायक प्रधानाध्यापक शिक्षिका शुसिला लामालाई पनि महिला उत्कृष्ट शिक्षिकाको रूपमा सम्मान गरेकी थिइन । कार्यक्रममा विविस समिती, अभिभावक संघ, चिप्लेटी बाल समूह, अभिभावक, विद्यालयका प्रधानाध्यापक प्रमोद प्रसाद चौधरीलगायतका स्थानीयहरुको अवलोकन तथा सहभागीता रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित