बारा । बारा निजगढ शाखाको ११ औं ग्राहक सदस्य गुनासो सुनुवाइ कार्यक्रम तथा इकाई भेला कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
निजगढस्थित होटल राजमार्गको सभाहलमा भएको सो कार्यक्रममा शाखामा आवद्ध बाराको निजगढ नगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, रौतहटको चन्द्रपुर तथा गुजरा नगरपालिका र मकवानपुरको बकैया गाउँपालिकामा रहेका १ सय ६० जना सदस्य र अभिभावकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता र सफल व्यबसायीहरुलाई सम्मान गरिनुको साथै विपन्न परिवारको वालिकाको अध्ययनको लागि छात्रवृत्ति पनि प्रदान गरिएको थियो । शाखामा आवद्ध १ सय ७ इकाई मध्ये उत्कृष्ट १० इकाईलाई नगदसहित सम्मान गरिएको हो भने विशिष्ट बचतकर्ता सदस्य पार्वती तिमल्सिना र टीका माया श्रेष्ठलाई सम्मान गरिएको थियो ।
त्यसैगरी सफल व्यवसायी लिला राउत, तिलककुमारी पहरी र हिरामाया स्याङ्गतानलाई नगदसहित सम्मान गरिएको छ । त्यसैगरी सोही अवसरमा आर्थिक रुपमा विपन्न परिवारका १० जना छोरीहरुको अध्ययनको लागि ३६ हजार आर्थिक सहयोग पनि गरिएको थियो ।

कार्यक्रममा संस्थाका सहायक महाप्रवन्धक दिपक पाण्डे, मधेस प्रदेश प्रवन्धक लालबाहादुर यादव, अनुगमन प्रमुख सुरेश अर्याल, अनुगमन प्रमुख बिनोद शाह, सूचना प्रबिधि सहायक किरण परियार, निजगढ शाखा प्रमुख राम रतन बछारलगायत शाखाका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

छिमेक लघुवित्तले हाल देशभर ६९ जिल्लामा रहेका १ सय ९७ वटा शाखामार्फत आफ्ना सदस्यहरुको
जीवनस्तर उकास्न विभिन्न आर्थिक क्रियाकलाप संचालन गर्दै आएको छ ।
संस्थाले सुत्केरी भत्ता कर्जा चुक्ता गरेबापत प्रोत्साहन रकम, दैवी प्रकोपमा परेर धनमालको क्षति भएका सदस्यहरुलाई ५ हजारदेखि ७ हजार रुपैयासम्म आर्थिक सहयोग र सदस्य तथा अभिभावकको मृत्यु भएमा मृत्यु सस्कारबापत आर्थिक सहयोग गर्दैआएको हो।
कार्यक्रममा नृत्य विजिता लामा र पुष्पा खड्काले गीत तथा प्रस्तुत गरेका थिए ।






















Discussion about this post