सिङ्गौलमा धनसार खोलाको धनसार सिंचाइ पक्कि कुलो निर्माण सुरु

445
SHARES
586
VIEWS

बसन्त लामा/सिंगौल बारा । बाराको
निजगढ नगरपालिका वडा नम्बर ३ पिपलटारमा धनसार खोलाको पानी धनसार सिचाईकालागी पक्की कुलो निर्माण कार्य सुरु भएकोछ ।
चालुआर्थिक वर्ष २०८०/०८१ को मधेश प्रदेश सरकारद्वारा विनियोजित बार्षिक बजेटबाट धनसार सिचाईको पक्की कुलो निर्माण सुरु गरेको हो ।
निर्माण सुरु गरिएको पक्की कुलो मधेश प्रदेश सरकारले बिनियोजित रकम ८० लाखमा ३ सय मिटर लामो पक्की सिचाई कुलो निर्माण थालिएको छ । सोहि विनियोजित बजेटबाट पक्की कुलो साथै व्यवस्थित बाँध समेतको कार्य भैरहेको छन । सिंगौलमा धनसार सिचाई कुलोको पक्की कुलो र व्यवस्थित बाध नहुदा बर्षौ देखि सिंगौल वासीहरुले समस्या झेल्दै आव्का थिए । भने यो वाध र कुलो निर्माणसंगै यहाँका स्थानीयले उक्त समस्याको सामाधान हुने अपेक्षा रखेको छ । यसैविच निजगढ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिना, नेकपा एमाले पार्टीकी जिल्ला सदस्य तथा युवा संघकि सदस्य दिपिका साह, सुकराम जिम्बालगायतका अनुरोधमा यश अघि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सो क्षेत्रको अवलोकन गरेका थिए । मुख्यमन्त्री यादवको अवलोकन पछी विनियोजित बजेटबाट हाल धनसार सिचाईमा पक्की कुलो र व्यवस्थित बाँध निर्माण भैरहेको हो ।
त्यस्तै सो सिचाई र बाँध निर्माणसंगै पिपलटारका खेति योग्य जमिन बर्षेनी धनसार खोलाले कटान गर्दै बस्ती नै जोखिम पर्ने भएकोले पिपलटा बस्ती जोगाउने उदेश्य ले २०८०/०८० मधेश प्रदेशले २० लाख रकम छुट्टाएको थियो सो रकमबाट खोलामा च्यानालाइसिस ड्यामको निर्माण कार्य अन्तिम चरणमा पुगेको धनसार खोला तटबन्धन उपभोक्ता समितिको अध्यक्ष टुलकु लामा दोङले बताए । प्रदेश कै आर्थिकमा साविक वडा नम्बर ८ मा खेल मैदान को निर्माण कार्य को ६५ प्रतिसत कार्य सम्पन्न भएको वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिना जानकारी समेत दिएको छ ।
हाल सिगौलमा मधेश प्रदेशको आर्थिकले बिकासको पूर्वाधार अगाडी बढ्नुमा वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिना सुकराम जिम्बा (ज्ञानु) निजगढ नगरपालिकाको वडा नम्बर १० लाल निवासी दिपिका साहको ठुलो पहलमा कदमी रहेको छ । पक्की सिचाई कुलो र व्यवस्थित बाधको निर्माण कार्य सम्पन्न पछी सिंगौलको स्थानीयले बर्षौ देखि झेल्दै आइरहेको बाँध को समस्या पनि अन्त्य हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित