बारा । बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १३ मा रहेको श्री शवशक्तेश्वर आधारभुत विद्यालयका विद्यार्थिलाई गूड् वर्क फर नेपालद्वारा न्यानो जन्य पोशक वितरण गरेको छ । पवित्र नमुना मण्डली चर्चका पास्टर राजु दोङ्गको सहकार्यमा गुड वर्क फर नेपाल हरिसिद्धी ललितपुर हेल्पिङ्ग ईचअदरको आयोजनामा उक्त कपडा वितरण गरिएको हो । सोही विद्यालयमा अध्ययनरत १५० विद्यार्थिलाई न्यानो पोशक वितरण गरेका थिए । कार्यक्रममा अस्ट्रेलियन ईसाई धार्मिक डेभिड टिओङ्ग, म्युटन, क्याथरिन टिओङ्ग, विध्यालय ब्यबस्थापन समिती अध्यक्ष अध्यक्ष सुर्य घलान, प्रधानाध्यापक पविता काफ्ले, विध्यालय ब्यबस्थापन समितिका सदस्यहरु विद्यालयका शिक्षक शिक्षिका विद्यार्थिहरुको अभिभावकहरुलगायत उपस्थिति रहेका थिए ।






















Discussion about this post