बारा । रिटर्नी फेडेरेशनन नेपालले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा मानव सेवा घरलाई खाद्यान्न सहयाेग गरेको छ । निजगढ नगरपालिका वडा नम्बर ४ पुरानो टोल स्थित रहेको मानव सेवा घरमा निजगढका विभिन्न स्थानबाट उध्दार गरेर सेवा घरमा उपचार तथा सेवा दिईरहेका छन ।
सहयोग कार्यक्रम रिटर्नी फेडेरेसन नेपालका मधेस प्रदेश अध्यक्ष दिपककुमार श्रेष्ठको अध्यक्षता भएका थिए । प्रमुख अतिथिमा भने केन्द्रीय उपाध्यक्ष रामकृष्ण घिमिरेको थियो । त्यस्तै अतिथिहरुमा प्रमुख केन्द्रिय सचिव विनाेदकुमार कार्की, नेकपा एमाले नगर सचिव तिलक घलान, समाजसेवी खिल बहादुर कार्की, बिष्णु श्रेष्ठ र नेकपा एमाले महिला नेतृ अन्जुु नेपालीलगायत उपस्थिति रहेका थिए । अर.एफ.एन.ले मानव कल्याण समाज सेवा घरलाई खाद्यान्न सामग्री ४ बाेरा चामल, १ बाेरा आलु, १बाेरा हरियाे तरकारीलगयत सहयाेग गरेको हो ।
Discussion about this post