जनजागृति आधारभूत विद्यालयको अध्यक्षमा ढुङगाना सर्वसम्मत

408
SHARES
537
VIEWS

उमेश घलान/निजगढ बारा । निजगढ ५ स्थित जनजागृति आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा भोलाप्रसाद ढुङगाना “साजन” अभिभावक भेलाबाट सर्वसम्मत रुपमा चयन भएको छ । सो विद्यालयमा बिहिबार भएको अभिभावक भेला पुर्ण बहादुर चौलागाईको अध्यक्षतामा भएको थियो । सो विद्यालयमा भएको  अभिभावक भेलाले नयाँ व्यवस्थापन समिति पादेन सदस्यसहित ७ सदस्य गठन गरेको हो । जसमा सदस्यहरु  मनोजकुमार सापकोटा, कविता थापा, अप्सरा अर्याल, सर्मिला वाईवा, कमल थापा तथा पदेन सदस्यमा वडा अध्यक्ष सुर्य बहादुर थापा मगर सर्वसम्मत गठन भएको विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका सदस्य सचिव शिव नेपालले जानकारी दिएका थिए । यस्तै विद्यालय शिक्षक प्रतिनिधीमा संजय तिमल्सिना चयन भएका छन ।
भेलाको समापन गर्दै अध्यक्ष ढुङगानाले विद्यालयको विकासका लागि समर्पित हुने प्रतिवद्धता जनाएका थिए । यस अघि अभिभावकबाट चुनेका ४ जना मध्यबाट ढुङ्गनालाई अध्यक्षमा चुनेको थियो । ४ मध्यबाट दुई जना मनोनीत गरे पछि समितिले पुर्णता पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित