रौतहट र सिङ्गौल जोड्ने झुलङ्गे पुल निर्माण अलपत्र हुँदा स्थानीयलाई सास्ती सम्बन्धित निकाय मौन

401
SHARES
527
VIEWS

बसन्त लामा/सिङ्गौल बारा। सिङ्गौल रौतहट र मकवानपुर जोड्ने सिङ्गौल स्थित धनसार खोलाको भालुघाट नदिमा निर्माणाधीन झुलङ्गे पुल १५ प्रतिशातमै अल्पत्र हुदा सो क्षेत्रका बासिन्दा कष्टकर यात्रा गर्न बाध्य छन् । बाराको निजगढ नगरपालिका वडा नम्बर १  सिङ्गौल र मकवानपुरको बकैया गाउँपालिका र रौतहटको चन्द्रपुर गाउपालिका ५ अरुण बस्ती जोड्ने सिङौल स्थित धनसार खोलाको भालुघाट नदीमा बन्दै गरेको उक्त झुलङ्गे पुल अलपत्र भएपछि बिरामीलाई समयमा अस्पताल पुर्‍याउन, स्थानीय उत्पादनलाई बजार  पुर्‍याउन  कठिन भएको स्थानीयको गुनासो छ । सो निर्माणाधिन झुलङ्गे पुल २ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने भनी २ वर्ष पहिले निर्माण सुरु गरेका थिए । निर्माण सुरु गरेको २ वर्ष पूरा भैइ सक्यो तर काम भने जम्म १५ प्रतिसतमा रोकिएको छ । सो स्थानमा झोलुङ्गे पुल तथा पक्कि पुल नहुदा सिगौल र छिमेकी जिल्ला रौतहटको स्थानीयहरुलाई वर्ष मौसम लागेपछि बर्षौ देखि आवागमनमा सास्ती भइरहेको छ ।
बिषेसगरी स्थानीयलाई भन्दा पनि छिमेकी जिल्ला रौतहटको अरुणवस्ती पुरानो नर्सरी इपिल वस्तीबाट पढन आउने बिद्यार्थीहरु बढी मारमा पर्ने गरेको छ ।
निजगढ नगरपालिकाको वडा नम्बर १ मा नेपाल राष्ट्रीय उच्च माध्यामिक विद्यालयमा ८१ प्रतिसत विद्यार्थी सो क्षेत्र अरुण बस्ती ईपिल बस्तीका विद्यार्थि रहेका छन । उक्त बस्ती क्षेत्रका विद्यार्थिहरु धनसार खोलामा बर्षयाम लागेपछि खोला तरेर आउन नसक्दा बिद्यार्थीहरुको हप्तौ दिन सम्म हाजिर छुटने गरेको पाईएको छ ।
केहि वर्ष पहिले निजगढ नगरपालिका र आइएनजिओ हेल्पटाँसको समझौतामा सो झोलोङ पुल निर्माण गर्न सम्झौता भएको थियो ।
हाल सम्म १५ प्रतिसत निर्माण कार्यमा रोकिदा निजगढ नगरपालिकाको चरम लापरबाही देखिएको छ । तोकिएको समयमा निर्माण सम्पन्न गर्न आदेश दिनुको अलावा नगरपालिका मौन छन । उक्त झोलोङ पुलको कुल बजेट १ करोड २२ लाखमा निर्माण कार्य सम्पन्न गर्ने भनि बजेट बिनियोजन गरेको थियो ।
निजगढ नगरपालिकाले ८० ८१ को विनियोजित बजेटको काम सम्झौता भएर प्रत्येक वडामा कार्यहरु सुरु भैरहेको अबस्थामा १५ प्रतित निर्माण कार्यमा रोकेको झोलोङ पुल प्रति भने नगरपालिका हेल्चेक्राई गरेको स्थानीय राम बोम्जनले गुनासो गरेका छन ।
बोम्जनका अनुसार “हाल सो झोलोङ पुल निर्माण गर्न बनेको समिती समेत गैरजिम्मेवार पुर्ण रहेको बताए । स्थानीय बोम्जनले पुलको काम ढिलासुस्ती हुँदा उक्त बस्तीका बासिन्दाले धेरै दुःख पाइरहेको गुनासो गरे । उनले भने, ‘ रौतहट सिङ्गौल जोड्ने पुल नबन्दा समस्या भएको छ । पुल बन्यो भने रौतहटका बासिन्दालाई हरेक कुरामा सहज हुन्छ ।” त्यस ठाउमा धनसार खोलाको बाढीले प्रत्यक वर्ष सिंगौलको छिमेकी जिल्ला रौतहटको स्थानीय खोला तर्ने क्रममा बगाएर मृत्यु हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित