पेनाल्टीमा हिमशिखरलाई हराउँदै सिद्धबाबा चकरी कप च्याम्पियन

394
SHARES
519
VIEWS

बारा । सिद्धबाबा युवा क्लब अमलेखगञ्जले पाँचौं चकरी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार भएको फाइनलमा हिमशिखर युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै सिद्धबाबाले उपाधि जितेको हो ।

निर्धारित समयको खेल १-१ को बराबरीमा टुंगिएपछि विजेताको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा सिद्धबाबाले चार गोल गर्दा हिमशिखर दुई गोलमै रोकियो । उपाधिसँगै सिद्धबाबाले ५० हजार रुपैयाँ नगद, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । उपविजेता हिमशिखरले २५ हजार रुपैयाँ नगद, प्रमाणपत्र र मेडल पाएको छ । चकरी युवा क्लबको आयोजनामा बडादसैं तथा शुभदीपावलीको अवसरमा प्रतियोगिता सञ्चालन गरिएको हो ।

असोज १२ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल असोज २२ गते भएको थियो । प्रतियोगितामा स्थानीय तथा आसपासका क्षेत्रका १६ फूटबल टोली सहभागी थिए । आयोजकका अनुसार प्रतियोगिताले स्थानीय युवालाई फुटबलमा प्रतिस्पर्धाको अवसर प्रदान गर्नुका साथै खेलकुदप्रति आकर्षण बढाउन सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित