तिलगंगा निजगढमा व्यवस्थापक फेरिँदै, श्रेष्ठलाई आईओएलको जिम्मेवारी, निजगढको थापालाई

391
SHARES
515
VIEWS

निजगढ । तिलगंगा सामुदायिक आँखा अस्पताल, निजगढका व्यवस्थापक सुधीर श्रेष्ठको सरुवा भएको छ । श्रेष्ठ आगामी असोजदेखि तिलगंगा आँखा प्रतिष्ठानमा आबद्ध हुने भएका छन् ।

तिलगंगा आँखा प्रतिष्ठानले हेटौंडा–बसामाडीमा आईओएल (इन्ट्राअक्युलर लेन्स) उत्पादन गर्ने नयाँ उद्योग निर्माण गरिरहेको छ । उक्त उद्योगको निर्माण तथा प्रशासनिक कार्यसम्बन्धी अभिमुखीकरणका लागि प्रतिष्ठानमा आबद्ध हुन लागेको श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार निजगढमा रहँदा अस्पताललाई समुदायसँग अझ नजिक बनाउने र आँखा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई स्थानीयस्तरमा विस्तार गर्ने कामलाई प्राथमिकता दिइएको थियो । ‘निजगढमा रहँदा अस्पताल र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउन तथा आँखा स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्न इमान्दारिताका साथ काम गरेँ,’ उनले भने ।

श्रेष्ठको सरुवासँगै तिलगंगा सामुदायिक आँखा अस्पताल निजगढको व्यवस्थापनको जिम्मेवारी चन्द्रबहादुर थापाले सम्हाल्ने भएका छन् । तिलगंगा आँखा प्रतिष्ठानमा २७ वर्षदेखि आबद्ध थापा स्वास्थ्य वीमा बोर्डको कार्यकारी सदस्य हुन थापाले मिति २०८१ चैत्रदेखि २०८३ वैशाख १९ गते सम्म नेपाल सरकार, स्वास्थ्य विमा बोर्डको अध्यक्ष समेत सम्हालेका थिए ।

निजगढमा अस्पतालको व्यवस्थापन सम्हाल्दै आएका श्रेष्ठको प्रतिष्ठानमा सरुवा भएपछि नयाँ व्यवस्थापनले अस्पतालका सेवा तथा समुदायमा आधारित आँखा स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित