पत्रकार थापालाई धम्की दिने रौनियारमाथि कार्वाही नहुदा प्रहरीको मौनतामाथि प्रश्न

385
SHARES
507
VIEWS

बारा । समाचार लेखेको विषयलाई लिएर पत्रकार सुरेश विक्रम थापालाई धम्की तथा अश्लील गालीगलौज गरेको आरोप लागेका हरिओम रौनियारमाथि हालसम्म कुनै कारबाही हुन सकेको छैन । कोल्हबी नगरपालिका–५ निवासी पत्रकार थापालाई कोल्हबी नगरपालिका–१ निवासी रौनियारले मध्यरातमा फोन गरी समाचारको विषयलाई लिएर धम्कीपूर्ण तथा अश्लील भाषामा गालीगलौज गरेको आरोप छ ।

घटनापछि पत्रकार थापाले जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा निवेदन दिए पनि हालसम्म आरोपितमाथि कानुनी कारबाही अघि बढ्न सकेको छैन । घटनाबारे प्रहरीको मौनताले पत्रकारको सुरक्षामाथि नै प्रश्न उठेको छ । समाचारप्रति चित्त नबुझे कानुनी उपचारको बाटो हुँदाहुँदै पत्रकारलाई धम्की दिने र गालीगलौज गर्ने प्रवृत्ति प्रेस स्वतन्त्रतामाथिको दबाबका रूपमा हेरिएको छ ।

रौनियारले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यकर्ता भएको बताउँदै पत्रकारलाई धम्क्याएको आरोपसमेत छ । उनी कोल्हबी नगर उद्योग वाणिज्य संघका महासचिवसमेत रहेको बताइएको छ ।
राजनीतिक दलसँगको आबद्धता वा कुनै संस्थाको जिम्मेवार पदमा रहेको आधारमा कसैलाई कानुनभन्दा माथि राख्न नहुने सरोकारवालाको भनाइ छ ।

समाचारमा चित्त नबुझे खण्डन गर्ने, सम्बन्धित सञ्चारमाध्यममा आफ्नो धारणा राख्ने वा प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने कानुनी बाटो हुँदाहुँदै पत्रकारलाई फोनमार्फत धम्क्याउनु उचित नहुने पत्रकारिता क्षेत्रको धारणा छ ।

पत्रकारलाई धम्की दिएको आरोपमा निवेदन परिसक्दा पनि कारबाही नहुनुले ‘प्रहरीको पहुँच सबैका लागि समान छ कि छैन?’ भन्ने प्रश्नसमेत उठेको छ । अब प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गरी आरोपको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने देखिन्छ । कारबाही हुन नसक्दा पत्रकारलाई धम्की दिने प्रवृत्तिले थप प्रश्रय पाउने जोखिम रहेको पत्रकारिता क्षेत्रका सरोकारवालाहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित