निजगढमा शनिबार सद्भाव र्‍याली, सबै समुदायलाई सहभागिताको आह्वान

389
SHARES
512
VIEWS

बारा । कोशी र मधेश प्रदेशका तराई जिल्लामा देखिएको तनाव र अशान्तिको प्रभाव फैलिन नदिन बाराको निजगढमा शनिबार बिहान सद्भाव र सामाजिक एकताको सन्देशसहित र्‍याली आयोजना गरिने भएको छ ।
शुक्रबार निजगढस्थित शहीदचोकको बर्गर हाउसमा बसेको सर्वदलीय तथा सर्वपक्षीय छलफलले ‘सर्वपक्षीय सद्भाव समूह’ को आह्वानमा प्रतिवद्धतासहितको सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको हो ।
छलफलले दीपक सापकोटाको संयोजकत्वमा गठन गरिएको सर्वपक्षीय सद्भाव समूहमा सन्दीप भट्टराई, महेशी कुमार, तिलक घलान, सन्तोष दंगाल, केशव राउत, मोजहर मन्सुर, जुल्फकार आलम, शंकर थोकर, पेमा घ्याम्चो लामा, मोहम्मद शिद्धिकी, डेनिश थापा, केशर बोम्जन, प्रशान्त रौनियार, मोफिद शिद्धिकी र महेश्वर अधिकारीलगायतलाई सदस्यका रूपमा समेटेको जनाएको छ ।
र्‍यालीमा व्यापक जनसहभागिता सुनिश्चित गर्न विभिन्न व्यक्तिलाई जिम्मेवारीसमेत तोकिएको समूहले जनाएको छ ।
समूहले नागरिक समाज, विभिन्न राजनीतिक दल, हिन्दु, मुस्लिम, बौद्ध र ईसाई धर्मका धार्मिक अगुवा, स्थानीय व्यवसायी, विद्यार्थी, श्रमिक तथा सर्वसाधारण नागरिकलाई सद्भाव र्‍यालीमा सहभागी हुन आग्रह गरेको छ ।
शनिबार बिहान ७ बजे शहीदचोकबाट सुरु हुने र्‍याली बुद्धचोक पुगेर कोणसभामा परिणत हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
समूहका अनुसार र्‍यालीको उद्देश्य सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र समुदायबीचको आपसी विश्वासलाई थप सुदृढ बनाउँदै शान्तिपूर्ण सहअस्तित्वको सन्देश प्रवाह गर्नु रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित