विश्रामपुर साक्षर पालिका घोषणा, शिक्षामा निरन्तरतामै जोड

380
SHARES
500
VIEWS

बारा । बाराको विश्रामपुर गाउँपालिका औपचारिक रूपमा साक्षर पालिका घोषणा भएको छ। बुधबार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जुल्फिकार अली भुट्टोले पालिकालाई साक्षर घोषणा गर्दै यो उपलब्धि स्थानीय सरकार, शिक्षक, अभिभावक तथा समुदायको संयुक्त प्रयासको परिणाम भएको बताए।
घोषणा समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भुट्टोले साक्षरता घोषणा अन्तिम लक्ष्य नभई शिक्षाको गुणस्तर सुधार र दिगोपनतर्फको नयाँ यात्रा भएको उल्लेख गरे। उनले साक्षरताको अवस्थालाई कायम राख्न सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको बताउँदै गाउँपालिकाले शिक्षालाई विकासको प्रमुख आधारका रूपमा प्राथमिकता दिएको स्पष्ट पारे।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय समिति बाराका प्रमुख अशोक रौनियारले साक्षर घोषणा औपचारिकतामा मात्र सीमित हुन नहुनेमा जोड दिए। उनले अभियानलाई व्यवहारमा प्रभावकारी बनाउन स्थानीय सरकार, विद्यालय, अभिभावक र समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गर्दै साक्षरताको स्तरलाई अझ सुदृढ बनाउन आग्रह गरे।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरीले साक्षर पालिका घोषणा हुन सकेको श्रेय सम्पूर्ण सरोकारवालाको सामूहिक योगदानलाई दिए। उनले अभियान सञ्चालनका क्रममा निर्धारित मापदण्ड पूरा गर्न सबै तहबाट प्राप्त सहयोग महत्त्वपूर्ण रहेको बताए।
घोषणा कार्यक्रममा वडा नं। १ का अध्यक्ष सन्तोष पटेल, वडा नं। २ का अध्यक्ष मनोज यादव, वडा नं। ३ का अध्यक्ष शिवचन्द्र, अन्य वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, शिक्षक–शिक्षिका तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
गाउँपालिकाले साक्षरता अभियानअन्तर्गत तोकिएका सबै मापदण्ड पूरा गरेपछि विश्रामपुरलाई साक्षर पालिका घोषणा गरिएको हो। स्थानीय तहले अब साक्षरताको उपलब्धिलाई दिगो बनाउँदै गुणस्तरीय शिक्षा विस्तारमा थप ध्यान केन्द्रित गर्ने जनाएको छ।

(मधेश प्रवाह साप्ताहिकको साउन १४ गते विहिबारको अंकमा प्राकाशित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित