बारा निजगढ । सामुदायिक वन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सामुदायिक वनका पदाधिकारीहरूका लागि क्षमता अभिवृद्धि सम्बन्धी तालिम आयोजना गरि सम्पन्न गरेको छ ।
निजगढ-११ रतनपुरी कछडीया सामुदायिक भवनमा भएको सो कार्यक्रम डिभिजन वन कार्यालय बाराको आयोजनामा सम्पन्न उक्त तालिममा सामुदायिक वनका अध्यक्ष, सचिव तथा अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो । तालिममाबसहभागीहरुलाई आपूर्ति शाखाका वन अधिकृत विनयकुमार साहले वन व्यवस्थापन, संरक्षण, दिगो उपयोग तथा समुदायको सक्रिय भूमिकाबारे प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।
कार्यक्रम अन्तर्गत गोष्ठी, अन्तरक्रिया, कोचिङ तथा छलफल जस्ता गतिविधिहरू सञ्चालन गरिएको थियो । सहभागीहरूले वन संरक्षणमा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे अनुभव आदान–प्रदान गरेका थिए ।
डिभिजन वन कार्यालय बाराका अनुसार यस्ता तालिमहरूले सामुदायिक वनलाई दिगो रूपमा व्यवस्थापन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । साथै, वन संरक्षणप्रति स्थानीय समुदायको सचेतना बढाउन समेत यस्ता कार्यक्रम प्रभावकारी हुने बताइएको छ ।
उक्त कार्यक्रम रतनपुरी सब डिभिजन वन कार्यालयको समन्वय रहेका थिए । सम्पन्न कार्यक्रमको सहजीकरण भने रतनपुरी सव डिभिजन वन कार्यालय प्रमुख कपिलदेव प्रसाद यादवले गरेका थिए ।






















Discussion about this post