विश्व जलविन्दु सप्ताहको अवसरमा निजगढ तिलगंगा आँखा अस्पतालमा स्वास्थ्यकर्मीसँग अन्तरक्रिया

478
SHARES
629
VIEWS

निजगढ, बारा । जलविन्दु रोग र यसले आँखामा पार्ने असरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले निजगढमा स्वास्थ्यकर्मीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
तिलगंगा सामुदायिक आँखा अस्पताल को निजगढ शाखाले विश्वभर मार्च महिनामा मनाइने विश्व जलविन्दु सप्ताह को अवसरमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा निजगढ नगरपालिका अन्तर्गतका विभिन्न वडाका स्वास्थ्य केन्द्र प्रमुखहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख सुरथ पुरी ले नगरवासीको आँखा स्वास्थ्य सुधारका लागि आँखा अस्पतालसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
अस्पताल प्रमुख डा. विष्णु हरी मरहठ्ठा ले जलविन्दु रोगका लक्षण, समयमै पहिचान गर्ने उपाय तथा रोग पुष्टि भएपछि अपनाउनुपर्ने सावधानीबारे जानकारी दिएका थिए ।

कार्यक्रममा निजगढ नगरपालिकाका सबै वडाबाट गरी करिब ३५ जना स्वास्थ्यकर्मी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित