दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल : वडा ९ लाई वाकओभर, वडा १० विजयी

410
SHARES
540
VIEWS

निजगढ । दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न पहिलो चरणको खेलमा वडा नं. ९ को टोलीले वाकओभर पाएको छ । प्रतियोगिताको व्यवस्थापन समितिका अनुसार वडा नं. २ को टोली निर्धारित समयभित्र मैदानमा उपस्थित नभएपछि वडा नं. ९ लाई वाकओभर दिइएको हो ।

सोही दिन भएको दोस्रो चरणको खेलमा वडा नं. ६ र वडा नं. १० बीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धात्मक खेलमा वडा नं. १० ले २–० गोलअन्तरले जित हात पारेको छ । वडा नं. १० का जर्सी नम्बर ७ का दावा वाइबाले खेलको १६औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको चौथो मिनेटमा जर्सी नम्बर ५ का रोहन सिंतानले अर्को गोल थपेपछि वडा नं. १० ले स्पष्ट जित सुनिश्चित गरेको हो ।

उत्कृष्ट प्रदर्शनका लागि वडा नं. १० का दावा वाइबा ‘म्यान अफ दि म्याच’ घोषित भए । उनलाई स्वर्गीय विकल रेग्मीकी आमा कमला रेग्मी, वडा नं. १० का वडासदस्य कुमार मोक्तान र निजगढ नगर खेलकुद विकास समितिका सदस्य एवं प्रशिक्षक धनबहादुर लामाले संयुक्त रूपमा ट्रफी प्रदान गरेका थिए ।

खेलमा मुख्य रेफ्री लिलाम्बर चौधरी, सहायक रेफ्री रियाजुल स्लाम र राजु चौधरी तथा फोर्थ अफिसियल नीलकमल चौधरी रहेका थिए । आयोजकका अनुसार मंगलबार पहिलो खेल दिउँसो २ बजे वडा नं. ७ र वडा नं. ४ विच हुने छ भने दोस्रो खेल ३ बजे वडा नं. १३ र वडा नं. विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित