निजगढमा घुस आरोपबारे छानबिन प्रतिवेदन सार्वजनिक, भेटिएन प्रमाण

413
SHARES
543
VIEWS

निजगढ, बारा । निजगढ नगरपालिकामा सम्पन्न योजनाको रकम भुक्तानीका क्रममा कर्मचारीहरूले ठेकेदारसँग घुस लिएको आरोपबारे छानबिन गर्न गठित समितिले तयार पारेको प्रतिवेदन सोमबार सार्वजनिक गरिएको छ ।

नगरपालिकाको कार्यालय सभाहलमा आयोजित कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरिएको हो ।

छानबिनका क्रममा नगरकार्यपालिका सदस्य सुनारले सामाजिक सञ्जालमा दाबी गरेअनुसार कर्मचारीहरूले घुस लिएको भन्ने आरोप पुष्टि हुने कुनै ठोस सबुत प्रमाण फेला नपरेको समितिले जनाएको छ ।

प्रतिवेदनमा बिना प्रमाण व्यक्तिको सार्वजनिक जीवनमा आँच पुग्ने गरी सामग्री सार्वजनिक गर्नु मुलुकी अपराध संहिता तथा विद्युतीय कारोबार ऐनविपरीत रहेको उल्लेख गर्दै यस्ता कार्यमा कानुनी कारबाही हुन सक्ने चेतावनीसमेत दिइएको छ ।

योजना शाखा प्रमुख जीवन गौतमले वाचन गरेर सुनाएको प्रतिवेदनमा कार्यपालिका सदस्य सुनारले आफूसँग रहेको भनिएको अडियो सामग्री समितिलाई उपलब्ध गराउन इन्कार गरेको र छानबिन प्रक्रियामा असहयोग गरेको उल्लेख गरिएको छ ।

निजगढ नगरकार्यपालिकाको आइतबार बसेको बैठकले छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेअनुसार सोमबार प्रतिवेदन सार्वजनिक गरिएको हो ।

यसअघि नगरकार्यपालिका सदस्य विश्वकर्माले नगरपालिकाबाट सम्पन्न योजनाको रकम भुक्तानीका क्रममा केही कर्मचारीहरूले ठेकेदारसँग रकम माग गरेको टिप्पणी फेसबुकमार्फत सार्वजनिक गरेपछि पुस ३० गते बसेको नगरकार्यपालिका बैठकले चार जना कार्यपालिका सदस्यसहित पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिले १५ दिन लगाएर तयार पारेको प्रतिवेदन आइतबार नै नगरकार्यपालिका बैठकमा पेस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित