निजगढमा प्रणामी धर्म महामहोत्सव–२०८२ को तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत सार्वजनिक

404
SHARES
532
VIEWS

निजगढ, बारा । श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव–२०८२ को अवसरमा आयोजना गरिने धार्मिक कार्यक्रमहरूबारे जानकारी गराउन निजगढमा पत्रकार सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमार्फत श्रीमद्भागवत सागर १०८ पाठपारायण तथा मन्दिर कलश अनावरण कार्यक्रमबारे विस्तृत जानकारी दिइएको हो ।

आयोजक मूल समारोह समितिका संयोजक साहित्याचार्य जनार्दन शास्त्रीका अनुसार फागुन २१ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने उक्त महामहोत्सवअन्तर्गत १०८ पटक श्रीमद्भागवत सागर पाठ, धार्मिक प्रवचन तथा मन्दिर कलश अनावरण कार्यक्रम गरिनेछ । धार्मिक, सांस्कृतिक र आध्यात्मिक महत्व बोकेको यस महोत्सवले समाजमा सद्भाव, नैतिकता र धार्मिक चेतना अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।

पत्रकार सम्मेलनमा कार्यक्रमका प्रमुख वक्ता तथा धर्मगुरुहरू मूल समारोह समितिका संयोजक साहित्याचार्य जनार्दन शास्त्री, वाणीमर्मज्ञ मृदुभाषी विदुषी माताजी उषा घिमिरे कृपासिन्धु गुरुकुल र मूल समारोह समितिका अध्यक्ष यादवकुमार तिमल्सिना स्थानीय पत्रकार समाजसेवी लगायतको सहभागिता रहेको थियो । सो महामहोत्सवमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ । साथै, महोत्सव सफल बनाउन स्थानीयवासी, धार्मिक संघसंस्था तथा सम्पूर्ण भक्तजनलाई सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ ।

श्रीकृष्ण प्रणामी १०८ कलश समारोह समिति, निजगढको आयोजनामा हुन लागेको यस महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारी तीव्र पारिएको आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित