ने.रा. मा.वि.रतनपुरको ६० वर्ष यात्रा : संघर्षदेखि सफलतासम्म

412
SHARES
542
VIEWS

बारा/रतनपुर । शिक्षालाई सामाजिक रूपान्तरणको आधार मानेर स्थापना गरिएको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निजगढ–११, रतनपुरले स्थापनाको ६ दशक पूरा गर्दै आएको छ । विद्यालयलाई यो यात्रा सहज थिएन ।

संघर्ष, अभाव, समर्पण र निरन्तर प्रयासको परिणामस्वरूप विद्यालय आज यस स्थानमा आइपुगेको हो । विद्यालयले यो वर्ष यहि माघ ११ गते आफ्नो ६०औं जन्मजयन्ती तथा अभिभावक दिवस मनाउने तयारीमा छ । यो दिवसलाई विद्यालयले हिराक जयन्ती भएपनि सामान्य रुपमा मनाउन लागेको हो । विद्यालयले विभिन्न संघर्ष र चुनौतीका कारण आगामी वर्षमा भव्यताका साथ मनाउने योजनासहित यो वर्ष सामन्य रूपमा मनाउन लागिएको हो ।

प्रारम्भिक संघर्ष :

विद्यालय स्थापना भएको प्रारम्भिक चरणमा भौतिक पूर्वाधारको चरम अभाव थियो । अध्यक्ष मंगल रुम्बाका अनुसार विद्यालय पहिला तथा सुरुमा काठको कच्ची भवन, सीमित कक्षा कोठा, शैक्षिक सामग्रीको कमी र न्यून संख्यामा शिक्षकका बीच विद्यालय सञ्चालन गर्नु चुनौतीपूर्ण थियो । ग्रामीण परिवेश, न्यून आर्थिक अवस्था र शिक्षाप्रति चेतनाको अभावका कारण विद्यार्थी भर्ना गराउनु पनि कठिन कार्य थियो ।

सामुदायका साथ र योगदान :

यस्ता कठिन परिस्थितिमा पनि स्थानीय अभिभावक, समाजसेवी र शिक्षाप्रेमीहरूको सहयोगले विद्यालय अघि बढ्दै गयो । श्रमदान, जग्गा व्यवस्थापन, साना–साना आर्थिक सहयोग र सामुदायिक प्रतिबद्धताले विद्यालयको जग मजबुत बनायो । यसले विद्यालयलाई केवल शैक्षिक संस्था मात्र होइन, समुदायको साझा सम्पत्तिको रूपमा विकास गर्‍यो ।

शैक्षिक विस्तार र उपलब्धि :

समयक्रमसँगै विद्यालयले आधारभूत तहबाट माध्यमिक तहसम्म शिक्षण सेवा विस्तार गर्‍यो । एसईई तथा अन्य परीक्षामा विद्यार्थीहरूले प्राप्त गरेका नतिजाले विद्यालयको शैक्षिक पहिचान बलियो बनाउँदै लग्यो । सह–पाठ्यक्रम गतिविधि, अनुशासन र शिक्षकहरूको समर्पण विद्यालयको प्रमुख शक्ति बन्यो ।

वर्तमान चुनौतीहरू :

६० वर्षको गौरवपूर्ण इतिहास बोकेर अघि बढिरहेको विद्यालय आज पनि परिवर्तनशील शैक्षिक परिवेशका अनेक चुनौतीसँग जुधिरहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मंगल रुम्बाका अनुसार बढ्दो शैक्षिक प्रतिस्पर्धा, निजी विद्यालयतर्फ अभिभावक तथा विद्यार्थीहरूको बढ्दो आकर्षण, सीमित स्रोत–साधन, समयसापेक्ष प्रविधिमैत्री शिक्षाको आवश्यकता तथा शिक्षक दरबन्दीको अभाव विद्यालयका प्रमुख चुनौतीका रूपमा रहेका छन् ।
उनका अनुसार गुणस्तरीय, समावेशी र प्रतिस्पर्धी शिक्षा सुनिश्चित गर्न थप लगानी, आधुनिक पूर्वाधार विकास र स्पष्ट दीर्घकालीन शैक्षिक रणनीति अपरिहार्य भइसकेको छ । यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै विद्यालयले आगामी दिनमा अझ सशक्त र उदाहरणीय शैक्षिक संस्थाका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य लिएको छ ।

भविष्यप्रति आशा :

यद्यपि चुनौतीहरू विद्यमान छन्, विद्यालयसँग दीर्घ अनुभव, समुदायको भरोसा र सुधारको दृढ इच्छाशक्ति छ । प्रविधिमैत्री कक्षा, शिक्षक तालिम, अभिभावकसँग सहकार्य र विद्यार्थी–केन्द्रित शिक्षण पद्धति अपनाउन सके विद्यालयले आगामी दिनमा अझ उचाइ हासिल गर्ने विश्वास गरिएको छ ।
६ दशकको संघर्षपूर्ण यात्राले प्रमाणित गरेको छ की
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय केवल भवन होइन, यो ज्ञान, संस्कार र सम्भावनाको केन्द्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित