बारा क्षेत्र नं.१ मा नेकपाका सन्तोष दंगालले दर्ता गरे मनोनयन

388
SHARES
511
VIEWS

कोल्हबी, बारा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार सन्तोष दंगालले आज कोल्हबी पुगेर आफ्नो मनोनयन दर्ता गराएका छन् ।

दंगालले पार्टीका नेता, कार्यकर्ता तथा समर्थकसहित कोल्हबीस्थित सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । मनोनयन दर्ताका क्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

तत्कालीन नेकपा (माओवादी केन्द्र) निजगढको नेतृत्व गर्दै आएका दंगालले जेन–जेड पुस्ताको माग, युवाको आवाज र परिवर्तनको चाहनालाई संसदसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । “युवाको आवाज, युवा नेतृत्व” भन्ने नाराका साथ आफू जनतामाझ पुगेर मत माग्ने दंगालले बताएका छन् ।

मनोनयनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै दंगालले परम्परागत राजनीतिबाट बाहिर निस्केर युवामैत्री, जनमुखी र परिवर्तनकारी एजेन्डाका साथ चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए । उनले बारा–१ मा नयाँ राजनीतिक विकल्पको आवश्यकता रहेको उल्लेख गर्दै जनताको सक्रिय समर्थनबाट परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरे ।

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा बारा निर्वाचन क्षेत्र नम्बर १ मा विभिन्न दलका उम्मेदवारहरूको मनोनयन दर्तासँगै राजनीतिक गतिविधि थप चर्किँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित