बारा–१ बाट कांग्रेस उम्मेदवार शम्भु बहादुर बुढाथोकीद्वारा मनोनयन दर्ता

389
SHARES
512
VIEWS

कोल्हबी (बारा) । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार शम्भु बहादुर बुढाथोकीले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बुढाथोकीले पार्टीका नेता, कार्यकर्ता तथा समर्थकसहित कोल्हबीस्थित सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन पत्र बुझाएका हुन्। मनोनयन दर्ताका क्रममा कांग्रेस कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

पार्टीबाट औपचारिक टिकट प्राप्त गरेपछि काठमाडौंबाट जिल्ला फर्किएका बुढाथोकीलाई आफ्नै निवासमा पार्टीका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका थिए। स्वागत कार्यक्रममा सहभागी कांग्रेस नेता–कार्यकर्ताले बुढाथोकीको उम्मेदवारीलाई बारा–१ मा राजनीतिक परिवर्तन, विकास र सुशासनको नयाँ सम्भावनाका रूपमा लिएको बताएका छन् ।

मनोनयनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै बुढाथोकीले लोकतन्त्रको सुदृढीकरण, जनताको अधिकारको रक्षा तथा क्षेत्रको समग्र विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाएको उल्लेख गरे। उनले पार्टीभित्रको एकता र जनताको बलियो समर्थनका आधारमा निर्वाचनमा विजयी हुने विश्वाससमेत व्यक्त गरे ।

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा बारा निर्वाचन क्षेत्र नम्बर १ मा विभिन्न दलका उम्मेदवारहरूको मनोनयन दर्तासँगै राजनीतिक गतिविधि थप चर्किँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित