प्रतिनिधि सभा चुनाव: बारा–१ मा एमाले नेता अच्युत मैनालीद्वारा मनोनयन दर्ता

387
SHARES
509
VIEWS

बारा । नेकपा (एमाले) का प्रभावशाली नेता अच्युत प्रसाद मैनालीले बारा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा दर्ता गराएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै मैनालीले मंगलबार कोल्हबी नगरपालिकामा सञ्चालनमा रहेको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन पत्र दर्ता गराएका हुन् ।

मनोनयन दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मैनालीले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताए। उनले अघिल्लो निर्वाचनमा आफूले पाएको जनसमर्थनलाई स्मरण गर्दै त्यसको सम्मानस्वरूप यसपटक अझ जिम्मेवार, पारदर्शी र जनउत्तरदायी भूमिकामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

मैनालीले देशको सार्वभौमसत्ता रक्षा, सुशासनको प्रवर्द्धन र समृद्ध नेपाल निर्माणलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएको उल्लेख गरे। उनले विकास निर्माण, रोजगारी सिर्जना र जनजीविकासँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर चुनावी अभियान अघि बढाउने बताए ।

बारा–१ मा पुनः चुनावी प्रतिस्पर्धामा उत्रिएका मैनालीले लोकतान्त्रिक प्रक्रियामार्फत मात्रै राष्ट्र निर्माण सम्भव हुने उल्लेख गर्दै सबै मतदातालाई सक्रिय सहभागिताका लागि आह्वानसमेत गरेका छन् ।
मनोनयन दर्ताका क्रममा एमालेका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। निर्वाचन नजिकिँदै जाँदा बारा–१ मा राजनीतिक गतिविधि थप तीव्र बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित