बारा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट बारा क्षेत्र नं. १ मा निजगढका सन्तोष दंगाल उम्मेदवार बन्ने भएका छन् ।
युवामैत्री दृष्टिकोण, ऊर्जाशीलता दंगाललाई स्पष्ट, निडर र जिम्मेवार युवा नेतृत्वका रूपमा चिनिन्छ । गलतका सामु नझुक्ने, सहीका पक्षमा निर्भीकतापूर्वक आवाज उठाउने र जनताको हक–अधिकारका लागि डटेर उभिन सक्ने क्षमताका कारण उनीप्रति युवासहित आम मतदाताको विश्वास बढ्दो छ ।
तत्कालीन नेकपा (माओवादी केन्द्र) निजगढको नेतृत्व सम्हालिसकेका दंगाल बदलिँदो राजनीतिक परिवेशमा जेन–जी पुस्ताको अपेक्षा, युवाको आवाज र परिवर्तनको चाहनालाई आत्मसात् गर्दै संसद्मा जनताको मुद्दा पुर्याउने प्रतिबद्धतासहित चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
स्थानीय तहमा देखाएको सक्रियता, जनसरोकारका विषयमा राख्ने स्पष्ट धारणा र उत्तरदायी नेतृत्वको छवि निर्माण गरेका दंगाललाई बारा क्षेत्र नं. १ का मतदाताले आशाको प्रतीकका रूपमा हेर्न थालेका छन् ।
“युवाको आवाज, युवा नेतृत्व” भन्ने नारासहित अघि बढिरहेका दंगालले निर्वाचनमा उल्लेख्य सफलता हासिल गर्ने विश्वास उनका समर्थकहरूको रहेको छ ।






















Discussion about this post