निजगढमा श्रीकृष्ण प्रणामी धर्म महामहोत्सवको तयारी अन्तिम चरणमा

397
SHARES
522
VIEWS

निजगढ । निजगढ नगरपालिका–६ मा आगामी माघ २१ देखि २७ गतेसम्म आयोजना हुने श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव–२०८२ तथा श्रीमत्तारम सागर १०८ पारायण, श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं मन्दिर कलश आवरण कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजक श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल र श्रीकृष्ण प्रणामी मन्दिर निजगढले शुक्रबार महोत्सव स्थलमा पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी गराएका हुन् । मूल समारोह समितिका अध्यक्ष यादवकुमार तिमल्सिनाका अनुसार महोत्सव स्थलमा आवश्यक संरचना निर्माण, मन्दिर सजावट, बालपार्क, अतिथिका लागि आवास तथा भोजन व्यवस्थापन, प्रचार–प्रसारलगायतका काम ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेका छन् ।

अध्यक्ष यादवले महोत्सवले निजगढको पहिचान, गौरव र धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्दै यसको सफलताका लागि सम्पूर्ण निजगढबासीको सहयोग आवश्यक रहेको बताए ।

पत्रकार सम्मेलनमा मूल समारोह समितिका संयोजक साहित्याचार्य जनार्दनले अन्तर्राष्ट्रियस्तरको धार्मिक महोत्सव निजगढमा आयोजना हुनु यहाँका बासिन्दाका लागि गौरवको विषय भएको बताए ।

कार्यक्रममा बोल्दै विदुषी उषा घिमिरेले राष्ट्रमा व्याप्त हिंसा, द्वन्द्व, वैमनस्यता र व्यभिचार अन्त्य गरी सदाचारयुक्त समाज निर्माण, विश्वबन्धुत्वको भावना विस्तार र आध्यात्मिक जागरण फैलाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताइन् ।

आयोजकका अनुसार महोत्सव उद्घाटनको दिन बिहान भव्य कलश शोभायात्रा निकालिनेछ । प्रचार–प्रसारका क्रममा माघ १० गते पोस्टर–पम्प्लेटिङ, माघ १६ गते पत्रकार सम्मेलन तथा माघ २० गते बिहान ९ बजे मोटरसाइकल र्‍याली आयोजना गरिनेछ ।

महोत्सवमा नवतनपुरीधाम जामनगरका श्रीकृष्ण प्रणामी धर्माचार्य श्रीकृष्णमणीजी, सुरतका सूर्यनारायण दासजी, मंगलधाम सिक्किमका सुधाकर महाराजी, कृपासिन्धु गुरुकुल सिमराकी विदुषी उषा घिमिरेलगायत ख्यातिप्राप्त विद्वान तथा विदुषीहरूले धार्मिक प्रवचन दिने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनको सहजीकरण मूल समारोह समितिका महासचिव प्रकाश सापकोटाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित