राप्रपा निजगढको चौथो नगर अधिवेशन सम्पन्न, केशव राउत अध्यक्षमा सर्वसम्मत चयन

407
SHARES
535
VIEWS

निजगढ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निजगढ नगर समितिको चौथो नगर अधिवेशन खड्गप्रसाद उप्रेतीको सभाध्यक्षतामा सम्पन्न भएको छ । अधिवेशनमा राप्रपा मधेस प्रदेश अध्यक्ष भारत गिरी प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए ।

अधिवेशनको उद्घाटन प्रमुख अतिथि गिरीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण तथा पानसमा दीप प्रज्वलन गरी गरेका थिए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य विनोद भारती, सेशा सापकोटा, गिरीधार चौधरी, बारा जिल्ला अध्यक्ष शिवप्रसाद तिमल्सिना, पूर्व केन्द्रीय सदस्य सावित्रीदेवी भारती, भूपूसैनिक बारा अध्यक्ष बमबहादुर कुवर, लक्ष्मी सह कलवार, केन्द्रीय प्रशिक्षण विभागका सालिकराम तिमल्सिना, स्थानीय परिचालन विभागका ललनप्रसाद यादव, क्षेत्र नं. ४ बाराका जलिल अहमदलगायतले मन्तव्य राख्दै पार्टी संगठन सुदृढीकरण, राष्ट्रियता, प्रजातन्त्र र उदारवादका विषयमा धारणा व्यक्त गरेका थिए ।

अधिवेशनले केशव राउतको अध्यक्षतामा ३५ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा मनबहादुर सापकोटा (राजेन्द्र) र सर्जु थापा चयन भएका छन् भने सचिवमा सिता गौतम उप्रेती र कोषाध्यक्षमा सुश्मिता बस्नेत चयन भएका छन् ।
कार्यसमितिका सदस्यहरूमा सावित्रीदेवी भारती, विनोद भारती, बाँशुदेव तिमल्सिना, खड्गप्रसाद उप्रेती, भक्त दर्लमी, बैजु गुरो, खड्ग श्रेष्ठ, सेशा सापकोटा, रामप्रसाद तिमल्सिना, निर्मल खड्का, अनिता धामी, रेणु राउत, गिता महर्जन, लिलामाया अर्याल, पदम श्रेष्ठ, नरनाथ गौतम, माधव अधिकारी, कमानसिंह लामा, गंगा नेपाली, आकाश तिमल्सिना, शिव प्रधान, परशुराम भण्डारी, राजु हुमागाईं, कान्छा मान लामा, मेघबहादुर कार्की, रामबहादुर खड्का, गोपिलाला जिम्बा, जयबहादुर श्याङ्तान, गौरी लामिछाने र पार्वती राईलगायत चयन भएका छन् ।

अध्यक्षमा सर्वसम्मत चयन भएपछि नवनिर्वाचित अध्यक्ष केशव राउतले निजगढमा राप्रपालाई फरक विचार, स्पष्ट एजेन्डा र सशक्त संगठनसहितको पार्टीका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अधिवेशनमा स्थानीय नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित