५६औँ भूटनदेवी थानीमाई मेला भव्य तयारीसहित मंसिर १७ देखि १९ सम्म

460
SHARES
605
VIEWS

रामथली (निजगढ–१२) खयरखोला भूटनदेवी क्षेत्रमा लाग्ने परम्परागत भूटनदेवी थानीमाई मेला यस वर्ष पनि भव्य रूपमा आयोजना हुने भएको छ । मेला व्यवस्थापन समितिले मंसिर १७ देखि १९ गते चल्ने ५६औँ संस्करणका लागि सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी दिएको छ ।

समितिका अनुसार यस वर्षको मेलामा धार्मिक विधि–पूजा, सांस्कृतिक प्रस्तुति, नृत्य–संगीत र स्थानीय उत्पादन प्रदर्शनी विशेष आकर्षण रहनेछन् । मेलालाई आकर्षक बनाउन लोकप्रिय गायक/गायिका ज्योती मगर, संजिव घिसिङ्ग र विरु घलान तथा विभिन्न स्थानीय कलाकारहरूको प्रस्तुतिसहित तीन दिनसम्म निरन्तर सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने भएको छ ।

मेला व्यवस्थापन समितिका अध्यक्ष दिनेेश लामाले मेलाको तयारी सन्तोषजनक रहेको बताए ।
उनले भने, “भूटनदेवी थानीमाई हाम्रो आस्था, संस्कृति र पहिचानको केन्द्र हो । हामीले मेलालाई व्यवस्थित, सभ्य र आकर्षक बनाउन सबै पक्षसँग समन्वय गरेका छौँ । यस वर्ष दर्शक र भक्तजनहरुको ठूलो भीड आउने अपेक्षा छ ।”

समितिले धार्मिक परम्परा जोगाउने उद्देश्यसमेत स्पष्ट गरेको छ । अध्यक्ष लामाका अनुसार मेलाको समापन भोलिपल्ट विगतदेखि चलिआएको परम्परा अनुसार बोका, कुखुरा लगायतका पशुपक्षी बलि दिने विधि यथावत राखिनेछ ।
उनले थपे, “पूर्वजले चलाआएको विधि र संस्कारलाई निरन्तरता दिनु हाम्रो दायित्व हो । बलि चढाउने धार्मिक परम्परालाई सम्मानपूर्वक पालन गरिनेछ ।”

मेलामा स्थानीय संस्कृति, धार्मिक आस्था, पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि सक्रिय पार्ने अवसरसमेत हुने समितिको विश्वास छ । विभिन्न संघ/संस्थाको सहयोगमा कार्यक्रम व्यवस्थित र सुरक्षित बनाउन आवश्यक तयारी पूरा भइसकेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित