बारा । नेकपा एमालेको ११औं महाधिवेशन नजिकिँदै गर्दा मधेस प्रदेशबाट सचिव पदमा निजगढका नेता पुरुषोत्तम पौडेलले उमेदवारी दिन पक्का भएको छ् ।
पार्टीभित्र तार्किक सोच, स्पष्ट वक्ता र दुरदृष्टी राजनीतिक लक्ष्य र संगठन निर्माणमा महत्व राख्ने नेताका रूपमा परिचित पौडेलको उम्मेदवारीले मधेसमै होइन, केन्द्रसम्म को चासो खिचेको छ ।
मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुने महाधिवेशनलाई लक्षित गर्दै पौडेलले सचिव पदको उम्मेदवारी दिने पक्का भएको उनि निकट स्रोत निजगढ नगर कमिटी अध्यक्ष तिलक घलान बताउँछ। पार्टीभित्र धेरैको मूल्यांकन छ “सङ्गठनका लागि दिन–रात दौडिने नेता पौडेललाई सचिव जस्तो पदको जिम्मेवारी पाउन ढिलाइ मात्र भएको हो, अवसर भने अबको महाधिवेशनले नै दिनेछ।” घलानले भने ।
पूर्व युवा तथा खेलकुद मन्त्रीसमेत भएका पौडेल वार्तमान पार्टीको पोलिटब्युरो सदस्य हुन् । बिगतमा मन्त्रीका रूपमा थोरै समय रहदाँ उनले युवा परिषद गठनदेखि खेलकुद मन्त्रालयको बजेट बृद्धि र खेलकुद क्षेत्रका थुप्रै संरचनाको काम अघि बढाएका थिए । पार्टीको जनसङ्गठ्न नेपाल खेलकुद महासंघको नेतृत्व उनले पहिलोपटक नेतृत्व गर्दा देशभरका सबै जिल्लामा महासंघको जिल्ला कमिटी गठन र सबै प्रदेशमा सङ्गठन बिस्तार गरेको थियो।
पार्टी संगठन विस्तारमा उनका यी प्रभावकारी कदमले आज पनि एमालेभित्र ‘सफल नेतृत्व’ का रूपमा प्रस्तुत गरिन्छन् ।
पौडेलप्रति कार्यकर्ताको झुकाव स्पष्ट देखिन्छ सदाचारी जिवन यापनमा रमाउने पौडेल सामान्य परिवारका नेता हुन । नजिकबाट काम गरेका निजगढ नगर कमिटी अध्यक्ष तिलक घलान भन्छन्, “उहाँसँग भेट्न सहज, समस्या भन्न सहज, समस्याको समाधान पाउन झनै सहज । त्यही कारण उहाँ जस्तै लोकप्रिय नेता संगठनमा कमै छन्।”
यद्यपि उनको योगदान र लोकप्रियताका बीच पौडेल विगतका महाधिवेशन र पार्टीको सङ्गाठानिक अवसरबाट पटक–पटक बञ्चित हुँदै आएको चर्चा पनि उत्तिकै छ । हाल संगठनमा उनीभन्दा पछिका धेरै नेता उप महासचिवदेखि सचिवालयसम्म मा पुगेका छन् । तर, पौडेल भने निरन्तर कार्यकर्ता बीच, दौडिरहेको छ्न्।बिभिन्न कार्यक्रमबीच, सङ्गठन बिस्तार र संरचना बिस्तारमा देखपरिरहेका छन । यही निरन्तरताले उनलाई फेरि चर्चाको केन्द्रमा पुर्याएको हो ।
यो महाधिवेशनका लागि प्रतिनिधि छनोट मंसिर १३ गते देशभर सम्पन्न भएको छ । कतै सर्वसम्मत त कतै प्रतिस्पर्धामार्फत प्रतिनिधि छानिएका छन् । त्यही प्रतिनिधिबीच अब पौडेलको नाम गुन्जदै अझ तीव्र बन्दै गएको छ ।
मधेस प्रदेशबाट ईश्वर पोखरेल निकट समूहको तर्फबाट उनी सचिव पदमा उभिने सम्भावन अधिक भएसँगै एमालेभित्रको प्रतिस्पर्धा रोचक मोडतर्फ उन्मुख भएको छ ।
पार्टीभित्र पौडेललाई “सङ्गठन बुझ्ने, कार्यकर्ता को भावना बुझ्ने र सुन्ने र काम गरेर देखाउने नेता” भनेर वर्णन गरिन्छ । महाधिवेशन नजिकिँदै गर्दा सचिव पदमा उनको दाबीले एमालेको चर्चा र बहसमा नयाँ उर्जा थपेको छ।






















Discussion about this post