क्रियाशिल साकोसको १४औँ वार्षिक साधारण सभा सम्पन्न

415
SHARES
546
VIEWS

रतनपुर, बारा । क्रियाशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४औँ वार्षिक साधारण सभा एक विशेष समारोहका बीच सम्पन्न गरेको छ । ‘सहकारीमा सुशासन : प्रविधि र एकीकरण’ भन्ने मूल नाराका साथ आयोजित सभामा संस्थाका पदाधिकारी, शेयर सदस्यम्हरू, स्थानीय सरोकारवाला तथा अतिथिहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

0-0x0-0-0#

नवराज रिजालको अध्यक्षतामा भएको साधारणसभा निजगढ नगरपालिका–११, रतनपुरमा भएको हो । संस्थाले आयोजित गरेको कार्यक्रममा सहकारीले विगत एक वर्षको आर्थिक प्रतिवेदन, लेखापरीक्षण विवरण, भावी कार्यक्रम तथा नीति–नियममा आवश्यक परिमार्जन सम्बन्धी प्रस्तावहरू प्रस्तुत गरेको थियो । साधारण सभामा उपस्थित सदस्यहरूले प्रतिवेदनमाथि छलफल गर्दै आगामी वर्षका लागि संस्थालाई अझ पारदर्शी र प्रविधिमैत्री बनाउने सुझाव राखेका थिए ।

0-0x0-0-0#

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा निजगढ नगरपालिका–१२ का वडा अध्यक्ष ज्ञानबहादुर गोलेले क्रियाशिल बचत तथा ऋण सहकारीको १४ वर्षे यात्रालाई “चुनौतीअन्तर्गतको उपलब्धि” भनेर वर्णन गर्नुको अर्थ गहिरो छ । सहकारी खासगरी गाउँ र अर्ध–सहरी क्षेत्रमा आर्थिक पहुँच कम भएका जनतालाई लक्षित गरी सुरु हुने संस्था हो। सुरुवाती दिनमा सीमित पूँजी, कम सदस्य, अस्पष्ट मार्गदर्शन, स्थानीय विश्वासको कमी र व्यवस्थापकीय कमजोरीजस्ता धेरै अवरोधहरूले हरेक सहकारीलाई चुनौती दिन्छन् । गोलेले यस्ता कठिनाइका बाबजुद क्रियाशिल सहकारीले आफ्नो यथार्थ पहिचान बनाउँदै १४ वर्ष पूरा गर्न सक्नु आफैँमा अनुकरणीय उदाहरण भएको टिप्पणी गर्दै यस्तो बताए ।

त्यस्तैगरि अतिथि समाजसेवी सागर दाहालले सहकारीले गरेको प्रभावबारे निकै अर्थपूर्ण टिप्पणी गर्दै भने, “सहकारीले समुदायबाट १०० को २ र ३ रुपैयाँ व्याजमा ऋण लिएर दुःख पाउनेहरूको दिनको अन्त्य गरेको छ।” उनको यो भनाइ केवल एउटा वाक्य होइन; स्थानीय वित्तीय संरचनाबाट पुगेको ठूलो परिवर्तनको प्रतिनिधित्व गरेको बताए ।
त्यसैगरी वक्ताहरूले सहकारीलाई समुदायको आर्थिक सशक्तिकरणको महत्वपूर्ण आधारका रूपमा विकास गर्न सुशासन, वित्तीय अनुशासन र प्रविधिको प्रभावकारी उपयोग अनिवार्य रहेको बताएका थिए । उनीहरूले सहकारी आन्दोलनलाई अझ सबल बनाउन सदस्यहरूको सक्रियता, उत्तरदायित्व र नियमित बचतको संस्कारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा समेत राखे ।

0-0x0-0-0#

साधारण सभाले संस्थाको आर्थिक अवस्था सुदृढ गर्दै सेवा विस्तार, सदस्य अभिमुखीकरण, डिजिटल कारोबार प्रवर्द्धन तथा समावेशी सहकारी अभ्यासलाई आगामी वर्षका मुख्य प्राथमिकताका रूपमा अघि सार्ने निर्णय गरेको आयोजक समितिले जनाएको छ ।

0-0x0-0-0#

कार्यक्रममा नियमित, उत्कृष्ट बचत कर्ता र कर्मचारीलाई सम्मन गरेको छ । जसानुसार नियमित बचत कर्ता तर्दा श्यम श्रेष्ठ, गोपालप्रसाद अधिकारी र बेलिमाया योन्जन, उत्कृष्ट ॠणी तर्फा कुलबहादुर श्रेष्ठ, उत्कृष्ट बाल बचत कर्ता फुर्व दोर्जे घिसिङ र उत्कृष्ट कर्मचारीतर्फा यशबहादुर लामा र चण्दिका दाहललाई सम्मान गरेकोछ । कार्यक्रममा वडा नम्बर ११ का वडा अध्यक्ष सहइया गुरोलगातको उपस्तिथि रहेको थियो ।

0-0x0-0-0#

संस्थाको सचीव दिनेश गुरोले संचालन गरेको कार्यक्रम मार्फत संस्थाले आगामी वर्षमा अझ जिम्मेवार, पारदर्शी र सदस्यमैत्री सहकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै साधारण सभा सम्पन्न भएको घोषणा गरियो ।

0-0x0-0-0#
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित