बागदेव दूध उत्पादक सहकारीले डम्बरपुरमा १६औँ उप–शाखा विस्तार

391
SHARES
514
VIEWS

निजगढ (बारा) । बागदेव दूध उत्पादक सहकारी संस्था लिमिटेडले आफ्नो सेवाको दायरा थप विस्तार गर्दै निजगढ नगरपालिका–१३, डम्बरपुरमा आफ्नो १६औँ उप–शाखा उद्घाटन गरेको छ । स्थानीय सरोकारवाला, किसान तथा सहकारी सदस्यहरूको उपस्थितिमा सम्पन्न समारोहमार्फत उप–शाखा औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

0-0x0-0-0#

“सशक्त संस्था, समृद्ध सदस्य” भन्ने मूल नारामा अघि बढिरहेको सहकारीले दुग्ध उत्पादन, संकलन तथा वितरण प्रक्रियालाई अझ व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित उप–शाखा विस्तार गरेको सहकारी अध्यक्ष थानेश्वर सापकोटाले बताए । उनले “किसानलाई घरमै नजिकबाट सेवा दिन र दूध संकलनलाई सहज बनाउने हाम्रो दीर्घकालीन योजना हो । उप–शाखा विस्तारले किसानको आय वृद्धिमा प्रत्यक्ष योगदान पुर्‍याउनेछ ।” अध्यक्ष सापकोटाले भने ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा निजगढ–१३ का वडा अध्यक्ष सुर्य घलानले सहकारीको विस्तारलाई स्वागत गर्दै भने, “ग्रामीण क्षेत्रमा सहकारीको भूमिका अत्यन्त महत्वपूर्ण छ । विशेषगरी दुग्ध उत्पादन क्षेत्र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड बनेको छ । बागदेव सहकारीको यो पहल किसानमैत्री कदम हो।” वडाबाट हुने किसानहरुलाई सेवा प्रवाहमा साथ रहने बताएको छ । उनले किसानहरुको गोठ सुधार लगायतको कार्यक्रमहरु संचालनगरि थप किसानलाई उत्साह दिन सक्ने पनि प्रतिबद्धता गरे ।

त्यसैगरी नेकपा (एमाले) नगर अध्यक्ष तिलक घलानले सहकारीहरूको प्रतिस्पर्धात्मक क्षमताले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै आएको उल्लेख गर्दै भने,
“स्थानीय उत्पादकलाई बजारमा टिकाउन सहकारी अत्यधिक प्रभावकारी संरचना हो । उप–शाखा विस्तारले दुग्ध उत्पादन थप पेशागत बन्नेछ।” नेता घलानले भने ।

त्यस्तैगरी हिमचुली साना किसान सहकारी संस्थाकी अध्यक्ष दुर्गा कोइरालाले महिलाको सहभागिता र सशक्तीकरणमा सहकारीको भूमिका उल्लेखनीय रहेको बताउँदै भनिन्,
“दूध उत्पादनमा महिला सदस्यहरू अग्रपंक्तिमा छन् । सेवा नजिकिएसँगै तिनीहरूको उद्यमशीलता अझ बढ्नेछ ।” सहकारीले दिन सक्ने सदस्यहरुलाई उचित ॠण प्रवाहमा वागदेवसंग सहकर्य र सम्झौता अनुसार कोसानलाई सेवा दिने बताईन ।

उप–शाखा सञ्चालनमा आएपछि निजगढ–१३ तथा आसपासका दुग्ध उत्पादक किसानले नजिकबाट सेवा पाउने, दूध संकलन सहज हुने र स्थानीय आर्थिक गतिविधि थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

सहकारीका प्रतिनिधिहरूका अनुसार, आधुनिक उपकरण, पारदर्शी व्यवस्थापन र किसान–केन्द्रित कार्यक्रममार्फत संस्थालाई अझै सबल बनाउँदै लैजाने योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित