शिवशक्तेश्वर विद्यालयले नगरस्तरीय कविता प्रतियोगिता गर्दै , विद्यार्थीको क्षमता अभिवृद्धि हुने अपेक्षा 

399
SHARES
525
VIEWS

निजगढ (बारा) । निजगढ–१३, डुमरपारास्थित श्री शिवशक्तेश्वर आधारभूत विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तरगत आयोजना गरिने भएको छ । विद्यालयले उक्त क्रियाकलाप अन्तरगत नगरस्तरीय कविता प्रतियोगिताका लागि विद्यार्थीलाई कविता पठाउन आग्रह गरेको हो । विद्यालयले सार्वजनिक गरेको सूचनामा कक्षा ८ सम्मका विद्यार्थीका लागि खुला गरिएको प्रतियोगितामा निर्धारित विषयवस्तुमा आधारित कविता अनिवार्य रूपमा २०८२ मंसिर १ गतेभित्र इमेलमार्फत पठाउन आग्रह गरिएको छ ।

विद्यालयले राष्ट्रवाद, देशप्रेम, गतिशीलता, शिक्षा, बालअधिकार तथा समसामयिक विषयसम्बन्धी कविता मात्रै मान्य हुने जनाएको छ । प्रत्येक विद्यालयबाट अधिकतम दुईवटा कविता पठाउन सकिने व्यवस्था गरिएको जारी सूचनामा उल्लेख छ ।

प्राप्त कवितामध्ये छानिएका उत्कृष्ट १५ कविता को सूची मंसिर ३ गते विद्यालयको फेसबुक पेजमार्फत सार्वजनिक गरिने विद्यालयले जनाएको छ । छनोटमा परेका विद्यार्थीहरूको कविता मंसिर ५ गते विद्यालय परिसरमै हुने मुख्य प्रतिस्पर्धामा आफ्ना कविता वाचन गर्नेछन् ।

प्रतियोगितामा सहभागी विद्यार्थीका लागि प्रमाणपत्र, आकर्षक पुरस्कार तथा खाजाको व्यवस्था रहने विद्यालयका प्रधानाध्यापक विशाल अधिकारीले बताए । उनका अनुसार यस कार्यक्रमले विद्यार्थीको सिर्जनशीलता, भाषिक क्षमता र आत्मविश्वास अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित