बारा । काठमाडौँबाट चोरी भएको मोटरसाइकलसहित एक युवकलाई बारामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार नुवाकोट तारकेश्वर गाउँपालिका–३ का विनोद श्रेष्ठको बा.प्र.०२–०४० प ४५६७ नम्बरको बजाज कम्पनीको २२० सिसी पल्सर मोटरसाइकल काठमाडौँकीर्तिपुर नगरपालिका–६ मञ्जुश्री पार्कबाट गत २०८२ जेठ २५ गते दिउँसो करिब ३ बजे चोरी भएको थियो ।
मोटरसाइकल हराएको भन्दै पीडित श्रेष्ठले कीर्तिपुर प्रहरी वृत्तमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा सुरु भएको खोजतलास क्रममा उक्त मोटरसाइकल बारा जिल्लामा फेला परेको हो ।
२०८२ कात्तिक २१ गते राति करिब ९ बजे, बारा बारागढी गाउँपालिका–३ श्रीपुरा टोलमा खटिएको इलाका प्रहरी कार्यालय बारागढीको चेकजाँच टोलीले उक्त मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त मोटरसाइकलमा फर्जी नम्बर प्लेट (बागमती प्रदेश ०२–०४०–प २३१९) राखी चलाइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्ति बारा बारागढी गाउँपालिका–३ मुर्किपलिया निवासी २१ वर्षीय सुरेश महतो रहेको जनाएको छ ।






















Discussion about this post