जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार ‘चोरबाबु’ हिरालाल पक्राउ

410
SHARES
539
VIEWS

निजगढ (बारा) । काठमाडौंको नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका निजगढ सिंगौलका बाबु लामा उर्फ हिरालाल मोक्तान प्रहरी पक्राउ परेको छ। इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक जीवन लामिछानेको नेतृत्वमा खटिएको टोलीले बुधबार राति करिब ८ बजे निजगढ नगरपालिका–३ पिपलटारबाट उनलाई नियन्त्रणमा लिएको हो ।

मुद्दा पुर्पक्षका लागि कारागारमा रहेका मोक्तान भदौ २४ गते कारागार तोडफोडपश्चात् भागेका थिए । उनी गत असार ६ गते काठमाडौंबाट अपहृत भई हत्या भएका निजगढ नगरपालिका–७ का ३२ वर्षीय कृष्णकुमार लामाको हत्यामा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि जेल चलान भएका थिए । मोक्तानले कारागारबाट भागेपछि स्थानीयलाई धम्क्याउँदै रकम असुलिरहेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो ।

‘मोक्तानलाई नियन्त्रणमा लिन ८ जनाको प्रहरी टोलीलाई पौने घण्टा जति लाग्यो,’ निरीक्षक लामिछानेले जानकारी दिए । ‘पक्राउ परेपछि पनि उनी भाग्ने प्रयासमा थिए, त्यसैले बल प्रयोग गर्नुपर्‍यो ।’

स्थानीयका अनुसार मोक्तानले भर्खरै सिंगौलमा लागेको गुम्बा मेलामा व्यवसायी तथा सर्वसाधारणलाई धम्काएर रकम असुली गरेका थिए । प्रहरीले उनका गतिविधि केहीदिनयता गुप्तरूपमा अनुगमन गर्दै आएको थियो ।

आपराधिक इतिहास

हिरालाल मोक्तान ‘चोरबाबु’ र ‘कालेबाबु’ जस्ता उपनामले परिचित छन्। उनी रौतहट, बारा, काठमाडौंसहितका विभिन्न जिल्लामा आपराधिक घटनामा संलग्न रहँदै आएका छन् । उनले २०६८ सालमा रौतहटको हिमालीवासका टेकनाथ पौडेललाई अपहरण गरी फिरौती उठाएको अभियोगमा १२ वर्ष जेल सजाय काटी २ वर्षअघि मात्रै छुटेका थिए ।

निजगढ प्रहरीका अनुसार मोक्तानलाई थप कारबाहीका लागि वुधबार नै वीरगञ्ज कारागार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित